Trending
Prev Story
Next Story

राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

Nagarik News •
November 18, 2026 • 11:19 AM
5
5 reads 0 reactions

संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

आज हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले राप्रपाको आगामी महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित हुन नहुने बताए।

महाधिवेशन आगामी स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन, नेतृत्व, कार्यशैली र राजनीतिक कार्यदिशा परिवर्तन गर्ने अवसर बन्नुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘राप्रपाको महाधिवेशन सिर्फ नेता छान्नका लागि मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीति निर्माण गर्न र पार्टी रूपान्तरणमा केन्द्रित हुनुपर्छ। पुस्तान्तरणसँगै रूपान्तरण गर्न सकेनौँ भने आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सक्दैन।’

शाहीले चुनाव आउँदा कहिले एमालेको त कहिले कांग्रेसको राजनीतिक कोटा ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।

राप्रपा अरू राजनीतिक दलको सहारा र कोटामा निर्भर नभई आफ्नै विचार, संगठन र नेतृत्वको बलमा निर्वाचन जित्न सक्ने पार्टी बन्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘हामी अरूको राजनीतिक बैसाखी टेकेर होइन, आफ्नै शक्तिमा उभिएर चुनाव जित्ने पार्टी बनाउन चाहन्छौँ। त्यसका लागि पुस्तान्तरणसँगै रूपान्तरण आवश्यक छ। गुट र उपगुट होइन, एकता र संगठन निर्माण हाम्रो प्राथमिकता हुनुपर्छ।

शाहीका अनुसार अबको महाधिवेशन पार्टीभित्र पद र नेतृत्व बाँडफाँट गर्ने माध्यम मात्र नभई नयाँ पुस्ताको उदय, नयाँ सोच र नयाँ ऊर्जासहित राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने अवसर हुनुपर्छ।

उनले महाधिवेशनको सफलता नेतृत्व परिवर्तनमा मात्र नभई पार्टीको संगठनात्मक रूपान्तरण, आगामी निर्वाचनको तयारी र आफ्नै राजनीतिक शक्तिमा उभिएर चुनाव लड्ने सामर्थ्य विकास गर्नमा देखिनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित: २ मंसिर २०८३ १७:०४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ द...

#राप्रपा #शाही #ज्ञानेन्द्र
Compare →
Onlinekhabar
1d ago
राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । राप्रपाको संसदीय दलका नेता एवं कार्यसम्पादन समिति सदस्य रहेका शाहीले अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका छन् …

#राप्रपा #शाही #ज्ञानेन्द्र
Compare →
Ekantipur
23h ago
निर्वाचन आयोगले किन अड्कायो कांग्रेस नयाँ कार्यसमितिको अद्यावधि ?

निर्वाचन आयोगले किन अड्कायो कांग्रेस नयाँ कार्यसमितिको अद्यावधि ?

आयोगले निर्णय गर्न ढिलाई गरेको भन्दै कांग्रेसका शीर्ष नेताहरू संशकित हुन थालेका छन् ।

#नेतृत्व #निर्वाचन
Compare →
Bizshala
1h ago
सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशका आफ्ना कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने...

#नेतृत्व
Compare →

Related Stories

Politics & Governance
Build #2612