Trending
Prev Story
Next Story

आनी छोइङले गरिन् पदभार ग्रहण

Ekantipur •
November 18, 2026 • 02:02 PM
3
3 reads 0 reactions

नियुक्तिको एक महिनापछि बुधबार लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालयमा रहेको उपाध्यक्षको कार्यकक्ष पुगेर पदभार सम्हालेकी हुन् ।

आनी छोइङले गरिन् पदभार ग्रहण

नियुक्तिको एक महिनापछि बुधबार लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालयमा रहेको उपाध्यक्षको कार्यकक्ष पुगेर पदभार सम्हालेकी हुन् ।

लुम्बिनी — लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन् । नियुक्तिको एक महिनापछि लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालयमा रहेको उपाध्यक्षको कार्यकक्ष पुगेर पदभार सम्हालेकी हुन् ।

पदभार ग्रहण गर्दै उपाध्यक्ष आनीले सबैको सबै प्राणीको रक्षा र हितका लागि काम गर्दै लुम्बिनीलई अध्यात्मिक पर्यटनको गन्तव्य बनाउन लाग्ने बताइन् । सबै पक्षसँग सहकार्य गर्दै लुम्बिनीको विकासको गुरुयोजनाका कामलाई सक्दो छिटो सक्ने  प्रतिबद्धता जनाइन् ।

३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकबाट भिक्षुणी तथा प्रसिद्ध गायिका डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ अनुसार उनको कार्यकाल ५ वर्षको हुनेछ । कार्यसमितिले पूर्णता पाएको छ । यसैबीच बुधबार सदस्यसचिव सन्तोष पान्डेयले पनि पदभार ग्रहण गरेका छन् ।ध्यक्ष आनीको नियुक्तिको विषयलाई लिएर लुम्बिनीमा विरोध हुँदै आएको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1h ago
लुम्बिनी विकास कोषका उपाध्यक्ष र सदस्य सचिवले सम्हाले कार्यभार

लुम्बिनी विकास कोषका उपाध्यक्ष र सदस्य सचिवले सम्हाले कार्यभार

२ मंसिर, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन् । उनले लुम्बिनीको समग्र विकासका लागि आफू पूर्ण क्षमता, स्रोत र बुद्धिले भ्याएसम्म सेवा गर्न समर्पित रहेको स्पष्ट …

#पदभार #लुम्बिनी #उपाध्यक्ष
Compare →

Related Stories

National (Nepal)
Build #2612