Trending
Prev Story
Next Story

नेपाल–भारतका निजी क्षेत्रको संस्थागत साझेदारी बलियो बनाउन आग्रह

Ekantipur •
November 18, 2026 • 02:02 PM
2
2 reads 0 reactions

नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर संवाद र संस्थागत सहकार्य आवश्यक रहेको आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील केसीले बताए ।

नेपाल–भारतका निजी क्षेत्रको संस्थागत साझेदारी बलियो बनाउन आग्रह

नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर संवाद र संस्थागत सहकार्य आवश्यक रहेको आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील केसीले बताए ।

काठमाडौँ — नेपाल र भारतका नीति निर्माता तथा विचारकहरूले दुवै देशको आर्थिक वृद्धि र साझा समृद्धिका लागि निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने बलियो र संस्थागत संयन्त्र निर्माण गर्न आग्रह गरेका छन् ।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) र भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसन (भीआईएफ) को संयुक्त आयोजनामा ललितपुरमा सम्पन्न ‘नेपाल–भारत थिंक ट्यांक समिट २०२६’ मा सहभागीहरूले सीमापार लगानी, व्यापार विस्तार र आर्थिक वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

‘नेपाल–भारत आर्थिक साझेदारी : विश्वव्यापी रूपान्तरणको सामना र नयाँ अवसरहरूको खोजी’ विषयक सम्मेलनमा दुवै देशका विज्ञले लगानी, आर्थिक कूटनीति, डिजिटल सहकार्य र सीमापार कनेक्टिभिटी विस्तारका सम्भावनाबारे छलफल गरेका थिए ।

नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर संवाद र संस्थागत सहकार्य आवश्यक रहेको आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील केसीले बताए ।

जलवायु परिवर्तन, मानव बेचबिखन र लागुऔषध ओसारपसारजस्ता गैरपरम्परागत सुरक्षा चुनौतीसँगै पारस्परिक लाभका आर्थिक अवसरमा पनि ध्यान दिनुपर्ने भीआईएफका निर्देशक जनरल अनिल चौहानले धारणा राखे ।

सम्मेलनमा नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल, पूर्वअर्थ तथा वाणिज्य सचिव मधुकुमार मरासिनीलगायत नेपाल तथा भारतका विज्ञ र नीति निर्माताहरूको सहभागिता थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
21h ago
नेपाल र भारतबीच निजी क्षेत्रको साझेदारी बलियो बनाउन विज्ञहरूको सुझाव

नेपाल र भारतबीच निजी क्षेत्रको साझेदारी बलियो बनाउन विज्ञहरूको सुझाव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण हुनुभन्दा अघि नेपाल र भारतका विज्ञहरूले दुवै देशको आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धन गर्न निजी क्षेत्रको सहभागितालाई संस्थागत गर्ने बलियो संयन्त...

#भारत #संस्थागत #क्षेत्रको
Compare →
Onlinekhabar
54m ago
‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहँदा दुई देशबीचमा विगतका सहमति सम्झौता र नयाँ सम्बन्धका विषयमा चर्चा छ । तर नेपाल भारतबीच सहमति सम्झौता बाहेक सांस्कृतिक, धार्मिक लगायतका सम्बन्धहरू पनि छन् । यसै सन्दर्भमा कूटनीतिक मामिला …

#भारत #सम्बन्ध
Compare →
Bizshala
4h ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#भारत
Compare →
Nagarik News
8h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।

#भारत
Compare →

Related Stories

World News
Build #2612