Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

Nagarik News •
November 18, 2026 • 05:46 AM
1
1 reads 0 reactions

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदै छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी मन्त्रालयले तीव्र रूपमा गरिरहेको जानकारी दिए। ‘विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको छ, भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्नेछ’, प्रवक्ता क्षेत्रीले भने।

भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी विस्तारमा जोड दिइनेछ। साथै विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ।

भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकासका एजेन्डा प्राथमिकतामा रहने बुझिएको छ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने, रक्सौल–काठमाडौं रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी)निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन्।

विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा विकास निर्माणका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुनेछ।

विशेषगरी भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको समीक्षा, सम्पन्न भएका आयोजनाको उद्घाटन र हस्तान्तरण तथा निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी, केही नयाँ विकास आयोजना सुरु गर्ने विषयले पनि भ्रमणका क्रममा प्राथमिकता पाउने अपेक्षा गरिएको छ। भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाको निर्माणलाई तीव्रता दिने र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरणको विषय पनि सम्भावित एजेन्डाको सूचीमा रहेको बुझिएको छ।

भ्रमणका अवसरमा दुई देशबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल हुनेछ।

दुई देशबीच नागरिकस्तरमा सम्बन्ध विस्तार, सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषय पनि छलफलमा समेटिने सम्भावना छ।

प्रधानमन्त्री शाहको भ्रमणको तयारीकै सिलसिलामा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो।

सो अवसरमा उनले प्रधानमन्त्री शाह र केही मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

साथै भ्रमणको पूर्वसन्ध्यामा दुवै देशले रिक्त रहेका आ–आफ्ना राजदूत नियुक्त गरिसकेका छन् भने नवनियुक्त राजदूतहरूले पनि आफ्नो स्तरमा भ्रमणको तयारी थालिसकेका सम्बन्धित दूतावासले जनाएका छन्।

प्रधानमन्त्री शाहले गत चैत १३ गते आफ्नो जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन पहिलोपटक विदेश भ्रमण गरेका थिए।

त्यस्तै उनको आसन्न भारत भ्रमण प्रधानमन्त्री भएपछि छिमेकी मुलुकको पहिलो औपचारिक भ्रमण हुनेछ।

प्रकाशित: २ मंसिर २०८३ ११:३१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमणमा के–के हुँदैछ ?

प्रधानमन्त्री शाहको भारत भ्रमणमा के–के हुँदैछ ?

प्रधानमन्त्रीको भ्रमणमा दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको छ ।

#भारत #भ्रमण #शाह
Compare →
Hamro Patro News
22h ago
प्रधानमन्त्रीको भारत भ्रमण शंका र अवसर

प्रधानमन्त्रीको भारत भ्रमण शंका र अवसर

नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणलाई लिएर अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । प्रधानमन्त्री नियुक्त भएपछि पदभार ग्रहणको उत्साह साट्न नेपाली नेताहरू दिल्ली जाने गरेको भाष्यसमेत निर्माण गर्न खोज...

#भारत #भ्रमण #शाह
Compare →
Bizshala
22h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#भारत #भ्रमण #तयारी
Compare →
Onlinekhabar
16h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँग आयात- निर्यातका लागि फेरि पनि उडिसा र गुजरातका दुई बन्दरगाहको पहुँच माग्ने तयारी गरेको छ । भारतले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह …

#भारत #भ्रमण #तयारी
Compare →
Arthasansar
1d ago
सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर...

#शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612