Trending
Prev Story
Next Story

रास्वपा सांसद चीन गएको संसद्लाई थाहा छैन

Onlinekhabar •
November 18, 2026 • 01:31 PM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का २० जना सांसद् चीन भ्रमणमा छन् । उनीहरूले भ्रमणमा जानुअगाडि संघीय संसद् सचिवालयलाई लिखित जानकारी भने दिएका छैनन् । रास्वपाका सचेतक प्रकाशचन्द्र परियार भ्रमणमा जानुअगाडि र भ्रमणमा जाने …

रास्वपा सांसद चीन गएको संसद्लाई थाहा छैन

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का २० जना सांसद् चीन भ्रमणमा छन् । उनीहरूले भ्रमणमा जानुअगाडि संघीय संसद् सचिवालयलाई लिखित जानकारी भने दिएका छैनन् ।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियार भ्रमणमा जानुअगाडि र भ्रमणमा जाने दिन सार्वजनिक बिदा परेकाले मौखिक जानकारी मात्रै गराइएको बताउँछन् ।

‘मौखिक जानकारी गराइसकिएको छ । भ्रमणअगाडि र भ्रमणका दिनपछाडिसमेत सार्वजनिक बिदा भएका कारण मौखिक जानकारी गराइएको छ,’ उनले भने, ‘यस्तोमा भ्रमणबाट फर्केपछाडि पनि लिखित जानकारी गराउन सकिन्छ ।’ विधि बाहिर केही नगरिएको पनि उनले दाबी गरे ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी पनि संसदीय कार्यका सन्दर्भमा औपचारिक निर्णय भएर गरिने भ्रमणहरूको अभिलेख रहने बताउँछन् ।

‘सचिवालयमा संसदीय कार्यका सन्दर्भमा प्राप्त हुने निमन्त्रणा तथा अन्तरव्यवस्थापिका संघ जस्ता नेपाल सदस्य भएका विभिन्न संघसंस्थाहरूमा प्रतिनिधित्व गर्दा हुने औपचारिक निर्णय भएर गरिने भ्रमणहरूको अभिलेख रहन्छ,’ उनले भने ।

तथापि, सांसदहरूले गर्ने भ्रमणसमेत जानकारी प्राप्त भएको हकमा अभिलेखित हुने उनले बताए । ‘यसबाहेक पनि यदि कुनै सदस्यले आफू कुनै संसदीय गतिविधिमा व्यक्तिगत रूपमा सहभागी भएको कुराको औपचारिक जानकारी उपलब्ध गराएको खण्डमा सो विवरणसमेत सचिवालयले अभिलेखको रूपमा राख्ने गर्दछ’, गिरीले भने ।

रास्वपाका २० जना सांसद् कात्तिक २९ गते ११ दिने चीन भ्रमणमा गएका हुन् । बेइजिङ, हाङचोउ र सिचुवानलगायतका सहरहरूको भ्रमण गरेर टोली मंसिर १० गते स्वदेश फर्किने कार्यतालिका छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्य संयोजकत्वको चीन भ्रमण टोलीमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी छन् ।

चीन भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्रीसमेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, कानुन न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटा, सांसदहरू लिमा अधिकारी, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।

चीन जानुअगाडि भ्रमण टोलीले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहसँग भने भेटघाट गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

३० कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । महामन्त्री विपिन आचार्यको नेतृ...

#भ्रमण #रास्वपा #चीन
Compare →
Ekantipur
5h ago
चीन भ्रमणमा रहेको रास्वपा टोली के गर्दैछ ?

चीन भ्रमणमा रहेको रास्वपा टोली के गर्दैछ ?

सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव गरेको छ ।

#रास्वपा #चीन
Compare →
Nagarik News
1d ago
गोकुलको व्यंग्य : चीन गएको सांसद टोलीले तातोपानी मात्र पिएर आउँछन् कि नाका खुलाएर ?

गोकुलको व्यंग्य : चीन गएको सांसद टोलीले तातोपानी मात्र पिएर आउँछन् कि नाका खुलाएर ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चीन भ्रमणमा गएको सांसदहरूको टोलीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।

#चीन #सांसद #गएको
Compare →
Bizshala
8h ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#चीन
Compare →

Related Stories

World News
Build #2612