Trending
Prev Story
Next Story

चीनले निर्माण कम्पनी नछान्दा चक्रपथ विस्तार अलमलमा

Ekantipur •
November 18, 2026 • 09:02 AM
3
3 reads 0 reactions

कलंकी–बसुन्धरा ८.२ किलोमिटर खण्ड विस्तारको चर्चा ८ वर्षदेखि चले पनि चीनले निर्माण कम्पनी छनोट नगर्दा काम सुरु भएको छैन ।

चीनले निर्माण कम्पनी नछान्दा चक्रपथ विस्तार अलमलमा

कलंकी–बसुन्धरा ८.२ किलोमिटर खण्ड विस्तारको चर्चा ८ वर्षदेखि चले पनि चीनले निर्माण कम्पनी छनोट नगर्दा काम सुरु भएको छैन ।

काठमाडौं — चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) विस्तारको चर्चा ८ वर्षदेखि चल्दै आए पनि अझै सुरु हुन सकेको छैन । सडक विभागले पछिल्लो पटक दसैंलगत्तै विस्तार सुरु हुने बताए पनि अहिलेसम्म चीन सरकारबाट निर्माण कम्पनी समेत छनोट हुन सकेको छैन ।

सुरु–सुरुमा कहिले नेपाल सरकारबाट तयारीको काम समयमै नहुँदा त कहिले चिनियाँ टोली नआउँदा समस्या भएको थियो । अहिले नेपाल सरकारबाट गर्नुपर्ने तयारीको काम सकिए पनि चिनियाँ टोली आएका छैनन् ।

सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्याल नेतृत्वको टोली केही समयअघि चक्रपथ विस्तारको डिजाइन फाइनल गर्नेबारे छलफलमा सहभागी हुन चीनसमेत पुगेको थियो । ‘चीनको वाणिज्य मन्त्रालयबाट स्वीकृति भइसकेको बुझिएको छ,’ उनले भने, ‘अब त्यहाँको अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि निर्माण कम्पनी छनोट प्रक्रिया अघि बढ्ने जानकारी पाएका छौं ।’ उनका अनुसार यो काम बढीमा एक महिनाभित्र टुंगिने र त्यसपछि काम गर्ने चिनियाँ टोली नेपाल आउनेछ ।

‘निर्माण कम्पनी छनोट भएर आएपछि क्याम्प राख्न ठाउँ दिनुपर्ने हुन्छ,’ अर्यालले भने, ‘कम्पनीले निर्माण सामग्री ल्याउने ठाउँहरू खोजी गर्नेछ, चिनियाँ कम्पनीले नै निर्माण गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको काम सकिएको र त्यहीँ राख्ने तयारी छ ।’ ठाउँ उपलब्ध गराउन समस्या नहुने उनको भनाइ छ ।

चीन सरकारको आधिकारिक परामर्शदाता सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सीआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङले चक्रपथ दोस्रो खण्डको डिजाइन गरेको हो । डिजाइनमा ढुंगेधारामा कल्भर्टको ठाउँमा पक्की पुल थप गर्न आग्रह गरिएको छ । बर्खाअघि नै चीन सरकारबाट निर्माण कम्पनी छान्ने सडक विभागको भनाइ थियो ।

यो आयोजना कार्यान्वयन सम्झौतापत्रमा भने १६ वैशाख २०८३ मा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच हस्ताक्षर भएको थियो । यसअनुसार यसलाई छिटो कार्यान्वयनमा लैजाने भनिएको थियो । तर अहिलेसम्म निर्माण कम्पनी छानेर काम अघि बढाइएको छैन । मन्त्रालय स्रोतका अनुसार चीन सरकारबाटै यसमा ढिलाइ भएको हो ।

दोस्रो खण्ड विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । १२ फागुन २०८२ मा मन्त्रिपरिषद् बैठकबाट सरकारले निर्माण सामग्री र भन्सार छुटको निर्णय गरेसँगै उक्त विस्तारका लागि थप प्रक्रिया अघि बढाउन बाटो खुलेको थियो । कलंकीदेखि बसुन्धरा चोक नजिकसम्मको ८.२ किलोमिटर दूरीमा मात्र सडक विस्तार गरिनेछ ।

डिजाइनअनुसार उक्त खण्डमा तीनवटा आकाशे पुल अपांगमैत्री बन्नेछन् । सीतापाइला, बालाजु र माछापोखरीको बीच तथा सामाखुसी र बसुन्धरा प्रहरी चौकीको बीचमा आकाशे पुल बनाइनेछ । कलंकीदेखि बसुन्धरा चोकसम्म सडक बत्ती सडक विस्तारकै क्रममा चीनले बनाउनेछ ।

कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ सालमा सुरु भई २०७५ सालमा सकिएको थियो । कलंकीदेखि बसुन्धरासम्म विस्तार गर्न भनेर चीनसँग सन् २०१८ मा जीटुजी सम्झौता भएको थियो । अहिले कलंकीदेखि सीतापाइलासम्म ४ लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा २ लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनबाहेक ८ लेन सडक बन्नेछ । अहिले सडक विस्तार नथाल्दा यस खण्डमा धुलोको समस्या छ ।

बसुन्धरा चोकदेखि नारायणगोपाल चोकसम्मको करिब ६ सय मिटर सडक खण्डमा पर्ने घरटहरा भत्काउन समस्या भएपछि काम हुन नसकेको हो । कलंकीदेखि नारायणगोपाल चोकसम्म सडक विस्तारका लागि पहिला चीन सरकारले नै सरकारी निकायसँग छलफल गरे पनि उक्त क्षेत्रमा घरलगायत संरचना भत्काउन समस्या देखेपछि चीनपछि हटेको थियो ।

पछि कलंकीदेखि बसुन्धरा कल्भर्ट नजिकसम्म मात्र सडक विस्तार गर्न चीन तयार भएको हो । चक्रपथ तेस्रो खण्ड नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७ सय मिटर सडक नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरिसकेको छ । चक्रपथअन्तर्गत चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको १.०३ किलोमिटरमा सडक विस्तारको ठेक्का भइसकेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले बताए । यसको ठेक्का शान्ति–सुशन जेभीले १८ महिनाभित्र निर्माण सक्ने गरी लिएको हो । जसको ठेक्का रकम भ्याटबाहेक ४० करोड १८ लाख रुपैयाँ छ । अहिले उक्त खण्डको डिजाइनको क्रममा रहेको प्रमुख देवकोटाले बताए ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
खुला व्यापारमा एसियाली नेताहरूको जोड

खुला व्यापारमा एसियाली नेताहरूको जोड

सेन्जेन (चीन), २ मङ्सिर (रासस/एपी)। चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनीहरूले व्यापार तथा लगानीका अवरोध घटाउँदै क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा …

#विस्तार #चीन
Compare →
Nagarik News
57m ago
चीनले गर्यो कपाल पलाउने काइँयोको आविष्कार, मुसामा देखियो उत्साहजनक नतिजा

चीनले गर्यो कपाल पलाउने काइँयोको आविष्कार, मुसामा देखियो उत्साहजनक नतिजा

कपाल झर्ने र तालुपनको समस्याबाट चिन्तित व्यक्तिहरूका लागि वैज्ञानिकहरूले नयाँ प्रविधिको विकास गरेका छन्।

#चीन
Compare →
Hamro Patro News
1h ago
व्यापार र लगानीका अवरोध हटाउन एपेक सम्मेलनमा चीनका राष्ट्रपति सीको आह्वान

व्यापार र लगानीका अवरोध हटाउन एपेक सम्मेलनमा चीनका राष्ट्रपति सीको आह्वान

एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को महत्त्वपूर्ण बैठकको उद्घाटन गर्दै व्यापार र लगानीका अवरोधहरू हटाउन आह्वान गरेका छन् । यसै साता एपेक सीईओ तथा आर्...

#चीन
Compare →
Bizshala
4h ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#चीन
Compare →
Arthasansar
3d ago
चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय...

#चीन
Compare →

Related Stories

World News
Build #2612