Trending
Prev Story
Next Story

विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि

Onlinekhabar •
November 17, 2026 • 02:00 PM
2
2 reads 0 reactions

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा प्रभावकारी सेवा प्रवाहका लागि विकेन्द्रीकरणलाई विस्तार गर्न लागिएको त्रिविले जनाएको छ । ‘शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक …

विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा प्रभावकारी सेवा प्रवाहका लागि विकेन्द्रीकरणलाई विस्तार गर्न लागिएको त्रिविले जनाएको छ ।

‘शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक कार्यसम्पादनमा प्रभावकारिता, आर्थिक पारदर्शिता, संस्थागत जवाफदेहिता कायम गर्ने उद्देश्य हो,’ त्रिविका प्रवक्ता नविन्द्रप्रसाद भण्डारीले भने ।

विकेन्द्रीकरण नियम २०५५ लाई थप अध्ययन गरी विकेन्द्रीकरणमा जान बाँकी रहेका क्याम्पसलाई प्रोत्साहन गर्ने नीति त्रिविको छ । क्याम्पसबाट गर्न सकिने सामान्य निर्णयसमेत केन्द्रमा धाउनुपर्ने बाध्यता हटाउन विकेन्द्रीकरणको नियमलाई प्रभावकारी बनाउन लागिएको हो ।

विकेन्द्रीकरण नियमअनुसार अध्ययन संस्थान, सङ्काय, अनुसन्धान केन्द्र वा आङ्गिक क्याम्पसलाई अनुदान दिन सकिने व्यवस्था छ । साथै, नीति बनाउने, योजना निर्माण गर्ने, कार्यान्वयन गर्ने, अनुगमन, मूल्याङ्कन गर्ने र सामान्य सजाय तोक्नेसमेत अधिकार विकेन्द्रीकरण नियमले दिएको छ ।

कार्यकारी परिषद्ले तोकिएको शुल्क, दस्तुर वा अन्य रकमको अतिरिक्त अन्य थप शुल्क तोक्न पाउने व्यवस्था पनि उक्त नियममा छ । अध्ययन संस्थान तथा क्याम्पसले आर्जन गरेको रकमको ३० प्रतिशत विश्वविद्यालय कोषमा जम्मा गर्ने र बाँकी रकम छुट्टै कोषमा जम्मा गरी व्यवस्थापन तथा विकास परिद्बाट बजेट स्वीकृति गराई खर्च गर्न सकिने व्यवस्था छ ।

त्रिविका अधिकांश अध्ययन संस्थान र क्याम्पसले यो नियमअनुसार आर्थिक अधिकारको मात्र प्रयोग गरेका छन् । जसका कारण त्रिविको बेरुजु बढेको छ । यो नियमलाई थप प्रभावकारी बनाउँदै शैक्षिक सुधारमा पनि केन्द्रित गराउने तयारी त्रिविको छ ।

विकेन्द्रीकरणको नियमले आर्थिक अधिकार मात्र होइन शैक्षिक गुणस्तर सुधारमा समेत काम गर्नुपर्ने हो । तर त्रिविका अधिशकांश निकायले आफूअनुकूल हुने आर्थिक अधिकारको प्रयोगमा जोड दिएका छन् । अब आर्थिक अधिकारको साथै शैक्षिक सुधारमा समेत जोड दिनेगरी विकेन्द्रीकरणको नियम लागु गराउने योजना त्रिविको छ ।

त्रिविको अभिलेखअनुसार हालसम्म ८ वटा अध्ययन संस्थान र क्याम्पसले स्वायत्तता पाएका छन् । ७ वटा अध्ययन संस्थान र क्याम्पस विकेन्द्रीकरणमा गएका छन् । अन्य ४२ वटा पनि विकेन्द्रीकरणमा गएको त्रिविको अभिलेखमा देखिन्छ । १२ वटा क्याम्पस विकेन्द्रीकरणमा जान बाँकी छ । त्रिवि नेतृत्वमा प्रा.डा. भोला थापा आएपछि विकेन्द्रीकरणलाई विस्तार गर्न लागिएको हो ।

स्वायत्तता प्राप्त अध्ययन संस्थान र क्याम्पस

महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार, धरान आयुर्वेद क्याम्पस, कीर्तिपुर महेन्द्ररत्न क्याम्पस, ताहाचल जन प्रशासन क्याम्पस, बल्खु पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार मेची बहुमुखी क्याम्पस, मेची झापा धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

विकेन्द्रीकृत अध्ययन संस्थान र अनुसन्धान केन्द्र इन्जिनियरिङ अध्ययन संस्थान कृषि र पशुविज्ञान अध्ययन संस्थान चिकित्साशास्त्र अध्ययन संस्थान आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)

विकेन्द्रीकरणमा गएको क्याम्पस अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाडौँ नेपाल कमर्श क्याम्पस, मीनभवन, काठमाडौँ शङ्करदेव क्याम्पस, पुतलीसडक, काठमाडौँ पब्लिक युथ क्याम्पस, धोबीचौर, काठमाडौँ नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौं सुर्खेत शिक्षा क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर, कञ्चनपुर पूर्वाञ्चल क्याम्पस, धरान, सुनसरी पुल्चोक क्याम्पस, पुल्चोक, ललितपुर थापाथली क्याम्पस, थापाथली, काठमाडौं पश्चिमाञ्चल क्याम्पस, पोखरा, कास्की लमजुङ क्याम्पस, सुन्दरबजार, लमजुङ पक्लिहवा क्याम्पस, पक्लिहवा, भैरहवा, रूपन्देही विराटनगर नर्सिङ क्याम्पस, विराटनगर, मोरङ वीरगञ्ज नर्सिङ क्याम्पस, वीरगञ्ज, पर्सा महाराजगञ्ज क्याम्पस, महाराजगञ्ज महाराजगञ्ज नर्सिङ क्याम्पस, महाराजगञ्ज, काठमाडौँ पोखरा नर्सिङ क्याम्पस, पोखरा, कास्की नेपालगञ्ज नर्सिङ क्याम्पस, नेपालगञ्ज, बाँके मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा महेन्द्र मोरङ आदर्श क्याम्पस, विराटनगर, मोरङ स्नातकोत्तर क्याम्पस, विराटनगर, मोरङ महेन्द्र बहुमुखी क्याम्पस, धरान, सुनसरी ठाकुरराम क्याम्पस, वीरगञ्ज, पर्सा वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन भक्तपुर क्याम्पस, भक्तपुर पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर, काठमाडौँ पृथ्वीनारायण क्याम्पस, भीमकाली, पाटन, पोखरा बुटवल बहुमुखी क्याम्पस, बुटवल, रूपन्देही भैरहवा बहुमुखी क्याम्पस, भैरहवा, रूपन्देही त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा महेन्द्र बहुमुखी क्याम्पस, दाङ महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज, बाँके धनकुटा बहुमुखी क्याम्पस, धनकुटा सानोठिमी क्याम्पस, सानोठिमी, भक्तपुर तेह्रथुम बहुमुखी क्याम्पस, चुहानडाँडा पोखरा क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, पोखरा हेटौंडा क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, हेटौंडा गोरखा क्याम्पस, गोरखा डोटी बहुमुखी क्याम्पस, डोटी

विकेन्द्रीकरणमा नगएका क्याम्पस भोजपुर बहुमुखी क्याम्पस, भोजपुर महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज सूर्यनारायण सत्यनारायण मोरवेता यादव बहुमुखी क्याम्पस, सिरहा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाडौं ललितकला क्याम्पस, भोटाहिटी, काठमाडौँ रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ जुम्ला बहुमुखी क्याम्पस, जुम्ला डडेलधुरा क्याम्पस, डडेलधुरा विश्वविद्यालय क्याम्पस, कीर्तिपुर गौरादह कृषि क्याम्पस, झापा चितवन इन्जिनियरिङ क्याम्पस

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ । त्र...

#त्रिभुवन-विश्वविद्यालय #विस्तार #त्रिवि
Compare →
Nagarik News
4d ago
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#त्रिभुवन-विश्वविद्यालय #गुणस्तर #त्रिवि
Compare →
Bizshala
4h ago
विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

काठमाण्डौ । नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको सीमा बढाउने तथा अन्तरदेशीय प्रसारणलाइन विस्तार गर्ने विषयमा...

#विस्तार
Compare →

Related Stories

Education & Youth
Build #2612