Trending
Prev Story
Next Story

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’को आवेदन आह्वान

Onlinekhabar •
November 17, 2026 • 06:30 AM
3
3 reads 0 reactions

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी …

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’को आवेदन आह्वान

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो।

उपकुलपतिबाट नियुक्त हुने यस स्वयंसेवी तथा मानार्थ पदको कार्यकाल सुरुमा दुई वर्षको हुनेछ। नियुक्त व्यक्तिले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौता  सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान प्रवर्द्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्नुपर्नेछ।

इच्छुक स्थायी प्राध्यापकहरूले आगामी मंसिर १० गते (२५ नोभेम्बर २०२६) भित्र अनलाइन गुगल फारममार्फत आवेदन दिन सक्ने त्रिविले जनाएको छ। आवेदनका साथमा आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण  र आगामी दुई वर्षको ठोस कार्ययोजना पेस गर्नुपर्नेछ।

प्राप्त आवेदकहरूमध्ये अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा छनोट गरिने त्रिविले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविले माग्यो ‘कन्ट्री फोकल पर्सन’

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविले माग्यो ‘कन्ट्री फोकल पर्सन’

त्रिविले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

#सहकार्य #विस्तार #कन्ट्री
Compare →
Hamro Patro News
4d ago
डिजिटल रूपान्तरणमा नेपाल–इस्टोनिया सहकार्य विस्तार हुने

डिजिटल रूपान्तरणमा नेपाल–इस्टोनिया सहकार्य विस्तार हुने

काठमाडौं : नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्...

#सहकार्य #विस्तार
Compare →
Bizshala
18h ago
हामी मञ्चमा नाच्न मात्रै होइन मानिससँग सहकार्य गर्न आएका हौँ’ भन्दै ह्युमनोइड रोबट लुकाले देखायो भविष्यको झलक

हामी मञ्चमा नाच्न मात्रै होइन मानिससँग सहकार्य गर्न आएका हौँ’ भन्दै ह्युमनोइड रोबट लुकाले देखायो भविष्यको झलक

काठमाण्डौ । कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै अब रोबटहरू मनोरञ्जन र प्रदर्शनमा मात्रै सीमित नरही मानिससँगै काम...

#सहकार्य
Compare →
Ekantipur
23h ago
हामी मञ्चमा नाच्न मात्रै आएका हैनौँ, मानिससँग सहकार्य गर्न आएका हौँ: ह्युमनोइड रोबट लुका

हामी मञ्चमा नाच्न मात्रै आएका हैनौँ, मानिससँग सहकार्य गर्न आएका हौँ: ह्युमनोइड रोबट लुका

चीनको एजीबटले बनाएको एथ्री मोडलले मानवसँग सहकार्य, फिजिकल एआई र रोबट रोजगारीको सम्भावनाबारे आफ्ना धारणा राख्यो ।

#सहकार्य
Compare →

Related Stories

Education & Youth
Build #2612