Trending
Prev Story
Next Story

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

Bizshala •
November 18, 2026 • 05:34 AM
4
4 reads 0 reactions

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा हुने भेटवार्तालाई विश्वले चासोका साथ हेरेको छ । यस साता आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा हुने छलफलमा व्यापार, भूराजनीतिक तनाव र प्रविधि सुरक्षा मुख्य प्राथमिकतामा रहने देखिएको छ ।

अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास भइरहे पनि एनभिडियाका चिप बिक्रीमा अमेरिकी निगरानी तथा कृत्रिम बौद्धिकता प्रविधिमा चिनियाँ पहुँच सीमित गर्ने कदमले सम्बन्धमा नयाँ चुनौती थपेको छ । चीनले अमेरिकी कृषि उत्पादनको खरिद बढाउन भन्सार शुल्क घटाउनुपर्ने सर्त राखेको छ । यस्तो अवस्थामा दुई देशबीच गत वर्ष भएको व्यापारिक सहमतिको कार्यान्वयन प्रमुख छलफलको विषय बन्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, इरान युद्धका कारण विश्व ऊर्जा बजारमा परेको दबाब र लम्बिँदै गएको रुस–युक्रेन युद्धले सम्मेलनको भूराजनीतिक महत्व बढाएको छ । बिहीबार सी, ट्रम्प र पुटिनबीच हुने संयुक्त भेटलाई विशेष चासोका साथ हेरिएको छ । चीन र जापानबीच ताइवानको विषयलाई लिएर बढेको तनाव तथा जापानी प्रधानमन्त्री साने ताकाइचीको चीन भ्रमण पनि चर्चामा रहनेछ ।

सम्मेलनमा प्रविधि क्षेत्रले समेत महत्वपूर्ण स्थान पाउनेछ । टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क ट्रम्पसँगै चीन जाने कार्यक्रम छ । हुवावे र बीवाईडीको मुख्य केन्द्र रहेको सेन्जेनमा स्थानीय रोबोटिक्स कम्पनीका प्रविधि पनि प्रदर्शन गरिनेछ ।

यसैबीच, एनभिडियाले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै व्यावसायिक प्रक्षेपण बढाएको छ भने चिनियाँ कम्पनी टेन्सेन्टले पनि वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको आईपीओसमेत यसै साता नास्डाकमा सूचीकृत हुने अपेक्षा गरिएको छ ।

चीनले एपेक सम्मेलनलाई आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्न खोजेको छ । यद्यपि, सम्मेलनबाट व्यापार तथा भूराजनीतिक विवादमा ठोस सहमति हुने अपेक्षा भने न्यून रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

#राष्ट्रपति #चीन #ट्रम्प
Compare →
Nagarik News
15h ago
सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

त्रिपक्षीय वार्ताअघि ट्रम्पले सीसँग छुट्टै द्विपक्षीय भेट गर्ने कार्यक्रम छ। पुटिनसँग पनि छुट्टै भेट हुन सक्ने ट्रम्पले संकेत गरेका छन्।

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →
Onlinekhabar
22h ago
चीन भ्रमणमा किमसँग भेट्ने ट्रम्पको सङ्केत

चीन भ्रमणमा किमसँग भेट्ने ट्रम्पको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने सङ्केत दिएका छन्। सोमबार फिलिपिन्स र चीनको पूर्वी एसियाली भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा पत्रकारहरूसँग बोल्दै …

#चीन #ट्रम्प
Compare →
Hamro Patro News
19h ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेताव...

#अमेरिकी #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612