Trending
Prev Story
Next Story

एशिया भ्रमणमा ट्रम्प : मनिला र सेन्जेनमा महत्वपूर्ण भेटघाट

Ekantipur •
November 17, 2026 • 06:31 AM
2
2 reads 0 reactions

ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्

एशिया भ्रमणमा ट्रम्प : मनिला र सेन्जेनमा महत्वपूर्ण भेटघाट

ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्

मनिला — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिणपूर्वी एसियाली (आशियान) शिखर सम्मेलनमा सहभागी हुन फिलिपिन्सको मनिला आइपुग्दै छन् ।

उनले त्यहाँ इन्डो-प्यासिफिक देशहरूको 'क्वाड' समूहका नेताहरूको बैठकमा पनि सहभागिता जनाउनेछन् । ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति चुनिएपछि क्वाडको बैठक बस्न लागेको यो पहिलोपटक हो । क्वाडमा अमेरिका, जापान, अष्ट्रेलिया र भारत सदस्य छन् ।

ट्रम्पले यस एसिया भ्रमणमा चीनको शेन्जेनमा हुने एपेक मञ्चमा सहभागिता जनाउनेछन् ।  यस मञ्चमा विश्वका २१ अर्थतन्त्र संलग्न छन् । त्यसमध्ये १२ अर्थतन्त्रका प्रमुख नेता सम्मेलनमा सहभागी हुँदैछन् ।

ट्रम्पले यही सम्मेलनको साइडलाइनमा बिहीबार चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । यस भेटमा इरान युद्ध, एआईको विकास तथा विभिन्‍न राजनीतिक मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ ।

मनिलामा ट्रम्पको भ्रमणविरुद्ध विरोध प्रदर्शन हुन सक्नेछ। यसअघि नै त्यहाँ पश्चिम एशिया द्वन्द्वको विरोध गर्दै ट्रम्पको पुत्ला दहन गरिएको थियो । त्यस्तै अमेरिकाले अघि सारेको 'प्यास सिलिका' परियोजनामा फिलिपिन्सको संलग्‍नताको विरोध गर्दै प्रदर्शनहरु भएका छन् ।

को यो बैठक राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो हो। चीनका राष्ट्रपति सी जिनपिङले यसअघि यसको विरोध गरे पनि, सदस्य राष्ट्रहरूले यो समूह कुनै एक देशविरुद्ध लक्षित नरहेको बताएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध मनिलामा प्रदर्शन, इरान युद्ध र प्याक्स सिलिका परियोजनाको विरोध

ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध मनिलामा प्रदर्शन, इरान युद्ध र प्याक्स सिलिका परियोजनाको विरोध

१ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण, इरान युद्ध र अमेरिकी नेतृत्वको प्याक्स सिलिका परियोजनाको विरोध गर्दै जुलुस …

#ट्रम्प #मनिला #भ्रमण
Compare →
Hamro Patro News
14h ago
जेन्सन हुआङलाई एनभिडियाको प्रमुख पद फिर्ता दिइए मलाई आपत्ति छैन : राष्ट्रपति ट्रम्प

जेन्सन हुआङलाई एनभिडियाको प्रमुख पद फिर्ता दिइए मलाई आपत्ति छैन : राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख (सिइओ) जेन्सन हुआङलाई उनको पद फिर्ता दिइए त्यसमा आफ्नो कुनै आपत्ति नरहने बताएका छन् । ह्वाइट हाउसबाट ब...

#ट्रम्प #राष्ट्रपति
Compare →
Nagarik News
1d ago
ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

अमेरिका, चीन र रूसका राष्ट्र प्रमुख अर्को साता चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा संयुक्त बैठकमा बस्ने भएका छन्।

#ट्रम्प #राष्ट्रपति
Compare →
Bizshala
2d ago
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी...

#ट्रम्प #राष्ट्रपति
Compare →

Related Stories

World News
Build #2612