Trending
Prev Story
Next Story

सकिए चाडबाड, रुकुम पश्चिममा अब मेलाको मौसम

Ekantipur •
November 17, 2026 • 06:31 AM
2
2 reads 0 reactions

दसैं-तिहारमा घर फर्किएकाहरू कर्मस्थल जान थालेपछि गाउँघरमा चहलपहल घट्दै छ । तर चौतारा, बेल्टापु, शंखपिपल, डिग्रे र पापिनी लगायतका मेलाले रुकुम पश्चिमका गाउँमा रौनक थपेका छन् ।

सकिए चाडबाड, रुकुम पश्चिममा अब मेलाको मौसम

दसैं-तिहारमा घर फर्किएकाहरू कर्मस्थल जान थालेपछि गाउँघरमा चहलपहल घट्दै छ । तर चौतारा, बेल्टापु, शंखपिपल, डिग्रे र पापिनी लगायतका मेलाले रुकुम पश्चिमका गाउँमा रौनक थपेका छन् ।

रुकुम पश्चिम — यो वर्षका दसैं–तिहारजस्ता ठूला चाडबाड सकिए । यी चाडबाडमा सरिक भएर मानिसहरू विस्तारै आफ्नो कर्मस्थलतर्फ फर्किंदै गरेकाले विशेषतः गाउँघरमा चहलपहल कम हुँदै जान थालेको छ । तर यी चाडबाड सकिए पनि त्यसलगत्तै रुकुम पश्चिमका विभिन्न स्थानमा भने मेलाको रमझम सुरु भएको छ ।

आठबिसकोट नगरपालिका वडा नं. ९ राडीमा यतिबेला ‘चौतारा मेला’ चलिरहेको छ । हरेक वर्ष कात्तिक शुक्ल चतुर्थी तिथिमा लाग्ने यो मेला गत शुक्रबार उद्घाटन गरेर अहिले खेलकुद प्रतियोगिता चलिरहेको छ ।

मेला संयोजक निर्मल खड्काका अनुसार खेलकुदतर्फ खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख २० हजार ५ सय ५५, दोस्रो हुनेलाई २ लाख २० हजार ५ सय ५५ र सान्त्वना स्थान ल्याउनेलाई ८० हजार ५ सय ५५ एवम् महिला भलिबलतर्फ प्रथम हुनेलाई १ लाख ८० हजार ५ सय ५५, दोस्रो हुनेलाई १ लाख ३० हजार ५ सय ५५ र सान्त्वना स्थान ल्याउनेलाई ४५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार तय गरिएको छ । यसबाहेक यो मेलामा घैँटो फुटाउने, डोरी तान्ने र खुला लोक तथा दोहोरी गीत प्रतियोगिताको आयोजना समेत गरिएको छ । यो मेला मंसिर २ गतेसम्म जारी रहने पनि उनको भनाइ छ ।

यसैलगत्तै सानीभेरी गाउँपालिकामा अर्को मेलाको तयारी छ । वडा नं. ३ स्थित बेल्टापुमा आगामी मंसिर ३ गते भव्य मेला लाग्नेछ । हरेक वर्ष यही मितिमा लाग्ने यो मेलामा विगतका वर्षहरूझैँ यस वर्ष पनि विविध खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष सुशील खड्काले जनाए ।

‘सधैँझैँ ३ गतेका दिन स्थानीय नाचगानसहितको मेला लाग्छ । यससँगै मंसिर १ देखि ५ गतेसम्म हामीले खुला वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्दै छौँ,’ उनले भने, ‘पुरुष भलिबलतर्फ प्रथमलाई २ लाख १० हजार, दोस्रोलाई १ लाख ६० हजार र तेस्रोलाई ६० हजार तथा महिलातर्फ भलिबलतर्फ प्रथमलाई ५५ हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई २० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरेका छौँ ।’

हरेक वर्ष कात्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) का दिन चौरजहारी नगरपालिकाको वडा नं. २ मा पनि ‘शंखपिपलमा मेला’ आयोजना गरिन्छ । परम्परादेखि लाग्दै आएको यो मेलामा मौलिक नाचगान प्रदर्शन गरिनुका साथै विगत केही वर्षयता विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गर्ने तयारी रहेको स्थानीय टीकाराम विष्टले बताए । यो मेला यस वर्ष आगामी शुक्रबार लाग्नेछ ।

यसपछि मुसिकोट नगरपालिका–५ थर्पूस्थित डिग्रे मन्दिर परिसरमा हरेक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूजाआजा सुरु भएर पूर्णिमाका दिन भव्य मेला लाग्छ । यहाँको डिग्रे शाईकुमारी भगवती माताको मन्दिर परिसरमा विशेष पूजाअर्चनासहित यो वर्ष मंसिर ४ गतेदेखि सुरु भएर ८ गतेका दिन मेला लाग्ने तयारी रहेको स्थानीय खिमानन्द शर्माले बताए ।

‘वर्षभरि नै पूजाका लागि खुला रहने यो मन्दिरमा यस अवधिमा विशेष पूजा गरिन्छ । शाईकुमारी भगवती माताको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ,’ उनले भने, ‘यसका साथै मन्दिर दर्शन तथा पूर्णिमाको दिन लाग्ने मेला भर्न रुकुमसँगै आसपासका विभिन्न जिल्लाबाट पनि दर्शनार्थीहरू आउने गरेका छन् ।’

उता त्रिवेणी गाउँपालिकामा पनि आगामी मंसिर १२ र १३ गते वडा नं. २ र ५ को सीमास्थल घोर्नेटीमा मेला लाग्ने तयारी छ । हरेक वर्ष मंसिर कृष्ण चतुर्थी र पञ्चमीका दिन यो मेला लाग्ने स्थानीय बताउँछन् ।

त्यस्तै, बाँफिकोट गाउँपालिका वडा नं. २ कुनाखेतमा मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष पुस ९ गते लाग्ने तयारी छ । यहाँ रहेको ‘बर्मा थान’मा विशेष पूजाअर्चनासहित यो मेला आयोजना गरिने वडा अध्यक्ष प्रकाश केसीले बताए ।

जिल्लाका यी ठूला मेलाहरूको सूचीमा छुटाउन नहुने अर्को एउटा मेला छ, मुसिकोटको ‘पापिनी मेला’ । वडा नं. ७ साँखस्थित दहछेउमा हरेक वर्ष माघ १५ गते आयोजना गरिने यो मेला अरूभन्दा अलि फरक र विशेष छ । यहाँको गाउँकै तल्लो र माथिल्लो टोलका दुई बालिकालाई दुलाहा र दुलहीजस्तै गरी तयार गरी उनीहरूको प्रतीकात्मक बिहे गरिदिने र मौलिक नाचगानसमेत देखाउने परम्परा छ । वडा अध्यक्ष एक्कबहादुर पाण्डेका अनुसार यसैलाई ‘पापिनी बिहे’ भनेर नामकरण गरी मेलाको नाम पनि यसैबाट तय गरिएको हो ।

दसैंपछि कोजाग्रत पूर्णिमाबाट सुरु भएर यहाँसम्म आइपुग्दा उल्लेखित मेलाहरूबाहेक पनि अरू थुप्रै साना मेला–पर्व लाग्ने गर्छन् । यस्ता जमघटले सर्वसाधारणमा आपसी जमघट, भेटघाट र मनोरञ्जनको वातावरण बनाइदिने गरेको छ ।

यस प्रकारका मेलाले हाम्रो आपसी सहिष्णुता र सद्भावलाई बढावा दिनुका साथै मौलिक रीतिरिवाज तथा संस्कृति संरक्षणमा समेत टेवा पुर्‍याइरहेको मुसिकोट–२ का सुरेन्द्र खत्रीले बताए । परम्परादेखि लाग्दै आएका यी मेलाहरूमा देखाइने मौलिक नाचगानमा पनि कमी आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘केही न केही सन्दर्भ पारेर मेलाहरूको आयोजना गरिन्छ, यो खुसीको कुरा हो । तर हरेक वर्ष मेलाको स्वरूप र शैलीमा बदलाव आएको छ । मौलिकता मासिँदै जान थालेको र आधुनिकता भित्रिँदै गइरहेको तीतो यथार्थ हामीमाझ छ । यसकारण स्थानीय सरकारले स्थानीय मेला–पर्वहरूको संरक्षणका लागि विशेष कार्यक्रम बनाउन जरुरी छ ।’

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
15h ago
सुदूरपश्चिमको ‘देहिजाँत’ मेला उग्रतारा मन्दिरमा मङ्सिर ७ र ८ गते

सुदूरपश्चिमको ‘देहिजाँत’ मेला उग्रतारा मन्दिरमा मङ्सिर ७ र ८ गते

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहिजाँत’ मेला आगामी मङ्सिर ७ र ८ गते लाग्ने भएको छ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार कार्तिक शुक्ल पूर्णिमाको...

#मेला #पश्चिम
Compare →
Onlinekhabar
3d ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#रुकुम #पश्चिम
Compare →
Nagarik News
3d ago
सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।

#मेला
Compare →

Related Stories

Technology
Build #2612