Trending
Prev Story
Next Story

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

Ekantipur •
November 18, 2026 • 04:32 AM
3
3 reads 0 reactions

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको बहुप्रतीक्षित भेटवार्ताअघि चीनको सेन्जेन पुगेका छन् । चीनले आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन उनी बुधबार राति सेन्जेन आइपुगेका हुन् ।

पुटिनले बिहीबार ट्रम्प र सीसँग आणविक अप्रसारका विषयमा हुने त्रिपक्षीय बैठकमा भाग लिने कार्यक्रम छ। ट्रम्प भने फिलिपिन्समा आयोजित अर्को शिखर सम्मेलनमा सहभागी भइरहेका छन् । उनी बुधबारै चीन पुग्ने कार्यक्रम छ ।

यसैबीच, चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी र पुटिनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। रुसी पक्षले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार उनीहरूबीच दिवाभोजका क्रममा भेटवार्ता हुने तय थियो। दिवाभोजपछि दुवै नेताले सेन्जेन विश्वविद्यालयको भ्रमण गर्ने र पुटिन राति आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

यस शिखर सम्मेलनमा चीनले प्रविधिमा आधारित आफ्नो भावी विकासको महत्त्वाकांक्षा प्रदर्शन गर्ने तयारी गरेको छ। उता, अमेरिकासँग पुनः भन्सार युद्ध चर्किन नदिन बेइजिङले ट्रम्पसँग व्यापार सम्झौता गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ ।

पुटिनका लागि कूटनीतिक हैसियत उकास्ने मञ्च

ट्रम्प र सीसँगको भेटवार्ता पुटिनका लागि रुसको कूटनीतिक प्रभाव विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । सन् २०१४ मा क्रिमिया गाभेपछि र सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि रुसले पश्चिमा मुलुक र तिनका सहयोगी राष्ट्रहरूको प्रतिबन्ध सामना गर्दै आएको छ ।

च्याटम हाउसको रुस तथा युरेसिया कार्यक्रमका टिमोथी एसका अनुसार पुटिनले युक्रेन मुद्दालाई वार्ताको प्रमुख विषय बनाउन चाहनेछन् । साथै, सन् १९४५ को याल्टा सम्मेलनकै झल्को दिने गरी यसपटकको शिखर सम्मेलनलाई प्रस्तुत गर्ने उनको चाहना हुन सक्छ ।

दोस्रो विश्वयुद्धको अन्त्यतिर भएको याल्टा सम्मेलनमा अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन सहभागी थिए । उनीहरूले नाजी जर्मनीको पराजय र युद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए ।

एसका अनुसार पुटिनले युक्रेन र युरोपलाई बाहिर राखेर युक्रेनको भविष्यबारे निर्णय गर्न ट्रम्प र सी पनि आफूसँगै सहभागी होऊन् भन्ने चाहना राख्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले ठूलो धक्का व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै हप्ता एसिया भ्रमणमा निस्कँदै छन्। एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता …

#पुटिन #ट्रम्प #चीन
Compare →
Hamro Patro News
3d ago
अर्को साता चीनमा ट्रम्प, पुटिन र सी बीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

अर्को साता चीनमा ट्रम्प, पुटिन र सी बीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

आगामी साता चीनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने भएको छ।

#पुटिन #ट्रम्प #चीन
Compare →
Bizshala
2d ago
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी...

#पुटिन #ट्रम्प #चीन
Compare →
Nagarik News
14h ago
सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

त्रिपक्षीय वार्ताअघि ट्रम्पले सीसँग छुट्टै द्विपक्षीय भेट गर्ने कार्यक्रम छ। पुटिनसँग पनि छुट्टै भेट हुन सक्ने ट्रम्पले संकेत गरेका छन्।

#पुटिन #ट्रम्प #राष्ट्रपति
Compare →
Arthasansar
2d ago
चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय...

#चीन
Compare →

Related Stories

World News
Build #2612