Trending
Prev Story
Next Story

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

Onlinekhabar •
November 18, 2026 • 02:31 PM
2
2 reads 0 reactions

२ मङ्सिर, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा)। खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ । यसले देशको मानवीय संकटसमेत थप गहिरो बनाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ …

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

२ मङ्सिर, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा)। खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ । यसले देशको मानवीय संकटसमेत थप गहिरो बनाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।

ओसीएचएका अनुसार सोमालियाभर हाल ३३ लाखभन्दा बढी मानिस विस्थापित अवस्थामा छन्। विस्थापित हुनेमा अधिकांश महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको तथ्याङ्क उद्धृत गर्दै कार्यालयले सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म मात्रै आठ लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएको जनाएको छ । तीमध्ये करिब ७० प्रतिशत मानिस खडेरीका कारण विस्थापित भएका हुन् ।

यसैबीच, एल निनोको प्रभावसँग सम्बन्धित सम्भावित बाढीका कारण आगामी डिसेम्बरसम्म थप लाखौँ मानिस विस्थापित हुन सक्ने चेतावनी दिइएको छ । गत महिना मात्रै बाढीका कारण १७ हजार पाँच सयभन्दा बढी मानिस विस्थापित भएका थिए भने एक लाख ७० हजारभन्दा बढी प्रभावित भएका थिए ।

त्यस्तै, बे र बारी क्षेत्रमा भएको हिंसाका कारण सेप्टेम्बर र अक्टोबरमा करिब नौ हजार पाँच सय मानिस विस्थापित भएको ओसीएचएले जनाएको छ । विस्थापनले विशेषगरी महिला, बालिका, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अल्पसङ्ख्यक समुदायलाई हिंसा, शोषण र दुव्र्यवहारको जोखिममा पारेको कार्यालयको भनाइ छ ।

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का अनुसार दक्षिण पश्चिम सङ्घीय राज्यअन्तर्गतका बे र बाकुल क्षेत्र खाद्य असुरक्षाबाट सबैभन्दा बढी प्रभावित छन् । मार्चदेखि बढेको सशस्त्र द्वन्द्वले खडेरीबाट प्रभावित समुदायको अवस्था थप कठिन बनाएको छ ।

खाद्यान्न अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच तथा सहायता कटौतीका कारण स्वास्थ्य केन्द्रहरू बन्द भइरहेका बेला सम्भावित वर्षाले प्रभावित परिवारको समस्या थप जटिल बनाउन सक्ने आईसीआरसीले जनाएको छ ।

ओसीएचएका अनुसार आर्थिक अभावका कारण खाद्य सहायता प्राप्त गर्ने मानिसको सङ्ख्या जनवरीमा ११ लाख रहेकामा जुनसम्म घटेर करिब छ लाखमा सीमित भएको छ । यस वर्ष आर्थिक स्रोतको अभावमा २३३ पोषण केन्द्र र ३८० स्वास्थ्य संस्थाले सेवा बन्द गरेका वा घटाएका छन् । सोमालियाको मानवीय सहायता योजनाका लागि आवश्यक ८५२ मिलियन अमेरिकी डलरमध्ये हालसम्म ३६ प्रतिशत रकम मात्र जुटेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन्।

#जलवायु #संयुक्त
Compare →
Ekantipur
3d ago
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्

#जलवायु #संयुक्त
Compare →
Hamro Patro News
4d ago
नेपाललाई प्राविधिक र वित्तीय पहुँचको अवसर

नेपाललाई प्राविधिक र वित्तीय पहुँचको अवसर

काठमाडौं : जारी कोपमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (यूएनएफसीसी) अन्तर्गतको प्रविधि संयन्त्रले अगाडि बढाएका नयाँ दस्तावेज र समीक्षा प्रतिवेदनहरूले नेपालजस्ता अल्पविकसित राष्ट्रहरूका...

#जलवायु #संयुक्त
Compare →

Related Stories

Science & Climate
Build #2612