Trending
Prev Story
Next Story

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकबाटै लिन सकिने भयो ई–ट्याग

Bizshala •
November 22, 2026 • 08:35 AM
2
2 reads 0 reactions

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आवश्यक ई–ट्याग (E-Tag)...

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकबाटै लिन सकिने भयो ई–ट्याग

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आवश्यक ई–ट्याग (E-Tag) को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ।

ई–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। यसको प्रयोगबाट सवारीसाधनले टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन्।

सवारीसाधनमा ई–ट्याग स्टिकर टाँसेपछि सुरुङमार्ग प्रयोग गर्दा सम्बन्धित खाताबाट स्वचालित रूपमा टोल शुल्क कट्टा हुनेछ। यसले टोल बुथमा हुने भीडभाड र लामो लाइनको समस्या कम गर्नुका साथै यात्राको समयसमेत बचत गर्ने बैंकको विश्वास छ।

बैंकका अनुसार ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंकको शाखाबाट ई–ट्याग प्राप्त गर्न सक्नेछन्।

यससम्बन्धी थप जानकारी बैंकको वेबसाइटबाट लिन सकिनेछ। साथै, वेबसाइटमार्फत नै अनलाइन ई–ट्याग दर्ता प्रक्रियासमेत पूरा गर्न सकिने बैंकले जनाएको छ।

डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सुरुङमार्गमा सहज र छिटो यात्रा गर्न चाहने सवारीधनीलाई ई–ट्याग जडान गर्न आग्रह गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1h ago
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि N–Tag कुमारी बैंकमा उपलब्ध

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि N–Tag कुमारी बैंकमा उपलब्ध

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि N–Tag को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ...

#सुरुङमार्ग #टोल #सिस्नेखोला
Compare →
Ekantipur
3d ago
नागढुंगा सुरुङमार्गबाट १५ दिनमा उठ्यो डेढ करोड राजस्व

नागढुंगा सुरुङमार्गबाट १५ दिनमा उठ्यो डेढ करोड राजस्व

१५ देखि ३० कात्तिकसम्म १ लाख १९ हजार २९ सवारीले सुरुङ प्रयोग गर्दा औसत दैनिक १० लाख ९६ हजार रुपैयाँ संकलन भएको हो ।

#सुरुङमार्ग #प्रयोग #नागढुंगा
Compare →
Hamro Patro News
6d ago
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गमा टोल रकम भुक्तानीलाई थप सहज र छिटो बनाउन आरएफआईडी (रेडियो-फ्रिक्वेन्सी आइडेन्टिफिकेसन)मा आधारित ट्यागमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागिएको उक्त आयोजनाका...

#सुरुङमार्ग #टोल
Compare →

Related Stories

Business & Economy
Build #2612