Trending
Prev Story
Next Story

विश्वका ८ हजारभन्दा बढी अनुसन्धानकर्तामध्ये छानिए नेपाली वैज्ञानिक पल्लव श्रेष्ठ, जर्मनीको प्रतिष्ठित हेल्महोल्ज अवार्डबाट सम्मानित

Bizshala •
November 22, 2026 • 08:35 AM
2
2 reads 0 reactions

काठमाण्डौ । नेपाली जलविद् तथा वैज्ञानिक डा. पल्लवकुमार श्रेष्ठले जर्मनीको प्रतिष्ठित ‘हेल्महोल्ज विद्यावारिधि...

विश्वका ८ हजारभन्दा बढी अनुसन्धानकर्तामध्ये छानिए नेपाली वैज्ञानिक पल्लव श्रेष्ठ, जर्मनीको प्रतिष्ठित हेल्महोल्ज अवार्डबाट सम्मानित

काठमाण्डौ । नेपाली जलविद् तथा वैज्ञानिक डा. पल्लवकुमार श्रेष्ठले जर्मनीको प्रतिष्ठित ‘हेल्महोल्ज विद्यावारिधि पुरस्कार–२०२६’ (Helmholtz Doctoral Award 2026) प्राप्त गरेका छन्।

जर्मनीको अग्रणी वैज्ञानिक अनुसन्धान संस्था हेल्महोल्ज एसोसिएसनले विश्वस्तरीय अनुसन्धानमा उत्कृष्ट योगदान पुर्‍याउने अनुसन्धानकर्तालाई प्रदान गर्ने उक्त पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन्।

हेल्महोल्ज एसोसिएसनअन्तर्गत ८ हजारभन्दा बढी विद्यावारिधि अनुसन्धानकर्ता कार्यरत रहेकोमा सन् २०२६ मा उत्कृष्ट अनुसन्धानका आधारमा केवल ११ जना पुरस्कृत भएका छन्। तीमध्ये नेपाली वैज्ञानिक श्रेष्ठ पनि परेका हुन्।

उनलाई हेल्महोल्ज एसोसिएसनका अध्यक्ष प्राध्यापक डा. मार्टिन केलरले पुरस्कार प्रदान गरेका थिए।

विशेषगरी नदीको बहाव तथा बाढीको सम्भावित जोखिमलाई अझ सटीक रूपमा पूर्वानुमान गर्न सकिने प्रविधि विकासमा पुर्‍याएको योगदानका कारण श्रेष्ठले यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका हुन्।

श्रेष्ठले गरेको अनुसन्धानले साना पहाडी नदीदेखि ठूला नदी प्रणालीसम्म पानीको बहावको स्थानीयस्तरमै सटीक आकलन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

उनको अनुसन्धानले बाढीको पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान दिने वैज्ञानिक संस्थाले जनाएको छ।

के हो श्रेष्ठले विकास गरेको प्रविधि ?

बाढीको जोखिम पूर्वानुमान गर्न नदीको बहाव, पानीको मात्रा तथा जलाधार क्षेत्रको अवस्थाबारे सटीक जानकारी आवश्यक पर्छ।

तर, हाल प्रचलनमा रहेका कतिपय विश्वव्यापी जलविज्ञानसम्बन्धी मोडलहरूले साना पहाडी नदी तथा स्थानीय जलाधार क्षेत्रको अवस्थालाई पर्याप्त सूक्ष्मताका साथ विश्लेषण गर्न सक्दैनन्।

यही समस्याको समाधानका लागि श्रेष्ठले ‘मेसोस्केल हाइड्रोलोजिकल मोडल’ (mHM) अन्तर्गत नयाँ अनुसन्धान विधि विकास गरेका हुन्।

उनले विकास गरेको ‘सबग्रिड क्याचमेन्ट कन्जर्भेसन’ (SCC) विधिले सम्पूर्ण मोडलको गणनात्मक संरचना अत्यधिक विस्तृत नबनाई स्थानीय नदीहरूको बहावसमेत सटीक रूपमा आकलन गर्न सहयोग गर्छ।

यसले बाढी आउने सम्भावना, नदीमा पानीको बहावको अवस्था तथा जोखिमयुक्त क्षेत्रहरूको पहिचान गर्न वैज्ञानिक आधार बलियो बनाउने विश्वास गरिएको छ।

नेपालजस्तो पहाडी भूगोल भएको देशका लागि श्रेष्ठको अनुसन्धान विशेष महत्वपूर्ण मानिएको छ।

नेपालका विभिन्न नदी तथा खोलामा वर्षायाममा आकस्मिक बाढी आउने गरेको छ। त्यस्ता बाढीले मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याउँदै आएका छन्।

विशेषगरी जलविद्युत् आयोजनाहरूमा बाढीका कारण निर्माण तथा सञ्चालन कार्य प्रभावित हुने र आर्थिक दायित्वसमेत बढ्ने गरेको छ।

नदीको बहाव र सम्भावित बाढीबारे समयमै भरपर्दो सूचना प्राप्त गर्न सकिए जलविद्युत् आयोजनाको जोखिम व्यवस्थापन, पूर्वाधार संरक्षण तथा स्थानीय बासिन्दाको सुरक्षामा महत्वपूर्ण सुधार ल्याउन सकिने देखिन्छ।

श्रेष्ठले विकास गरेको प्रणाली नेपालको जटिल पहाडी भूगोलमा प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको छ।

जर्मनीस्थित हेल्महोल्ज सेन्टर फर इन्भाइरोन्मेन्टल रिसर्च (यूएफजेड) का अनुसार श्रेष्ठले नेपाली जलस्रोत क्षेत्रका सरोकारवालासँगको सहकार्यमा विकसित जलविज्ञान मोडल नेपालमा परीक्षण तथा कार्यान्वयन गर्ने कामसमेत अगाडि बढाइरहेका छन्।

तथ्यांक संकलन र मापन पूर्वाधार सीमित भएका पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रयोगलाई पाइलट परियोजनाका रूपमा अगाडि बढाउने तयारी छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसदेखि जर्मनीको प्रतिष्ठित अनुसन्धान संस्थासम्म

डा. श्रेष्ठले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका हुन्।

त्यसपछि उनले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा जलस्रोत इन्जिनियरिङ तथा व्यवस्थापनसम्बन्धी क्षेत्रमा काम गरेका थिए।

सन् २०१७ मा उनी जर्मनीस्थित हेल्महोल्ज सेन्टर फर इन्भाइरोन्मेन्टल रिसर्चसँग आबद्ध भएका थिए।

उनले जर्मनीको पोट्सडाम विश्वविद्यालयबाट सन् २०२५ मा जलविज्ञान विषयमा विद्यावारिधि पूरा गरेका हुन्।

हाल उनी यूएफजेडको कम्प्युटेसनल हाइड्रोसिस्टम्स विभागमा पोस्टडक्टोरल वैज्ञानिकका रूपमा कार्यरत छन्। उनले युरोपेली खडेरी अनुगमन प्रणालीको प्राविधिक विकासमा समेत योगदान दिइरहेका छन्।

हेल्महोल्ज एसोसिएसन जर्मनीको सबैभन्दा ठूलो वैज्ञानिक अनुसन्धान संगठन हो। यसअन्तर्गत १९ अनुसन्धान केन्द्रमा करिब ३९ हजार कर्मचारी कार्यरत छन्।

श्रेष्ठले प्राप्त गरेको पुरस्कारले अन्तर्राष्ट्रिय अनुसन्धान क्षेत्रमा नेपाली वैज्ञानिकहरूको क्षमता र सम्भावनालाई उजागर गर्नुका साथै नेपालमा बाढी पूर्वसूचना र जलस्रोत व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने अवसरसमेत सिर्जना गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
ग्लेन क्लोज, रिड्ले स्कट र फ्लोयड नोर्मान गभर्नर्स अवार्ड्सबाट सम्मानित

ग्लेन क्लोज, रिड्ले स्कट र फ्लोयड नोर्मान गभर्नर्स अवार्ड्सबाट सम्मानित

न्यूयोर्कलाई केन्द्र बनाएर ‘इन्डिपेन्डेन्ट सिनेमा’ लाई नयाँ उचाइ दिने निर्माताद्वय क्रिस्टिन भाचोन र पामेला कोफ्लरलाई संयुक्त रूपमा प्रतिष्ठित ‘इर्भिङ जी. थलबर्ग मेमोरियल अवार्ड’ बाट सम्मानित गरियो ।

#प्रतिष्ठित #अवार्ड #सम्मानित
Compare →
Onlinekhabar
3d ago
चीनका वैज्ञानिकले बनाए कपाल पुनः उमार्ने विद्युतीय काइँयो

चीनका वैज्ञानिकले बनाए कपाल पुनः उमार्ने विद्युतीय काइँयो

चीनका वैज्ञानिकहरूले कपाल पुनः उमार्न सक्ने नयाँ विद्युतीय काइँयो विकास गरेका छन् । ‘डिट्याङ्गल’ नाम दिइएको यो काइँयोले कपाल झर्ने समस्या कम गर्नुका साथै पुनः कपाल उमार्न मद्दत गर्ने वैज्ञानिकहरूको दाबी छ । यद्यपि, यो प्रविधि …

#वैज्ञानिक
Compare →
Hamro Patro News
5d ago
वित्तीय अपराधका चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा आईजीपीको जोड

वित्तीय अपराधका चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा आईजीपीको जोड

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धा...

#वैज्ञानिक
Compare →

Related Stories

World News
Build #2612