कोशी र बागमतीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
सुर्खेत — दसौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा बुधबार कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
दुई गोलको अग्रता लिएको बागमतीले खेलको अन्तिम समयमा अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्यो । बागमतीका एलिक श्रेष्ठले खेलको ३६ औं र ५४ औं मिनेटमा गोल गर्दै टोलीलाई दुई गोलको अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा कोशीका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै अन्तर घटाए । त्यसको तीन मिनेटपछि पदम भट्टराईले गोल गरेपछि कोशीले खेल बराबरीमा ल्याएको थियो ।
खेलको दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलमा कोशीका पदम भट्टराई र सविन घिमिरे तथा बागमतीका संजीव अर्यालले पहेँलो कार्ड पाए ।
दसौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा बुधबार कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुई गोलको अग्रता लिएको बागमतीले खेलको अन्तिम समयमा अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्यो । बागमतीका एलिक श्रेष्ठले खेलको ३६ औं र ५४ औं मिनेटमा गोल गर्दै टोलीलाई दुई गोलको अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा कोशीका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै अन्तर घटाए । त्यसको तीन मिनेटपछि पदम भट्टराईले गोल गरेपछि कोशीले खेल बराबरीमा ल्याएको थियो । खेलको दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलमा कोशीका पदम भट्टराई र सविन घिमिरे तथा बागमतीका संजीव अर्यालले पहेँलो कार्ड पाए ।
पुरुष फुटबलमा बिहीबार दुई खेल हुनेछन् । बिहान ९ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेश तथा दिउँसो २ः३० बजे एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।