Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात

Nagarik News •
November 25, 2026 • 05:48 AM
6
6 reads 0 reactions

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।लुम्बिनी प्रदेशलाई ३–० गोलले हराउँदै आर्मीले विजयी सुरुआत गरेको हो।

खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा लुम्बिनीबाट आत्मघाती गोल उपहार पाएको थियो।

आर्मीका लागि २३ औँ मिनेटमा जर्सी नं २१ का भरत खवासले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं १० का लाकेन लिम्बुले ५२ औँ मिनेटमा गरेका थिए।

खेलको ६४ औँ मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नं. ४ का विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको थियो। आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश भिड्दैछन्। खेल २ः३० बजेबाट सुरु हुनेछ।

प्रकाशित: ९ मंसिर २०८३ ११:३३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
15h ago
दसौं राष्ट्रिय खेलकुद : सुरु भयो खेलकुदको ‘महाकुम्भ’, विभागीय टोलीको विजयी सुरुवात

दसौं राष्ट्रिय खेलकुद : सुरु भयो खेलकुदको ‘महाकुम्भ’, विभागीय टोलीको विजयी सुरुवात

उद्घाटन हुन आठ दिन बाँकी छँदै पाँच खेल सुरु भएका छन् । पुरुष फुटबल, महिला क्रिकेट र बास्केटबलमा विभागीय टोलीले पहिलो दिन जित निकालेका छन् ।

#विजयी #खेलकुद #सुरुवात
Compare →
Hamro Patro News
17h ago
दशौं राष्ट्रिय खेलकुदको पहिलो दिन: बागमती प्रदेश शीर्ष स्थानमा, एनआरएनए दोस्रो र आर्मी तेस्रो

दशौं राष्ट्रिय खेलकुदको पहिलो दिन: बागमती प्रदेश शीर्ष स्थानमा, एनआरएनए दोस्रो र आर्मी तेस्रो

काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को पहिलो दिनको पदक तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार बागमती प्रदेश ४ स्वर्ण, २ रजत र ३ कांस्यसहित कुल ९ पदक जि...

#दशौं #खेलकुद #आर्मी
Compare →
Onlinekhabar
4d ago
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

९ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन् । बुधबार विहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ …

#विजयी #खेलकुद
Compare →

Related Stories

Sports
Build #2621