Trending
Prev Story
Next Story

सुनकोसी-मरिनको ठेक्का रद्द विवाद : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

Nagarik News •
November 25, 2026 • 05:54 AM
5
5 reads 0 reactions

राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य संरचना निर्माणका लागि अघि बढाइएको अर्बौं रुपैयाँको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने अन्तिम समयमा रद्द गरेपछि विवादमा तानिएको छ।

सुनकोसी-मरिनको ठेक्का रद्द विवाद : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य संरचना निर्माणका लागि अघि बढाइएको अर्बौं रुपैयाँको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने अन्तिम समयमा रद्द गरेपछि विवादमा तानिएको छ। प्रधानमन्त्री कार्यालयको हस्तक्षेपमा ठेक्का रद्द गरे पछि सत्ताधारी दलदेखि अन्य दलका सांसदले विरोध गरेका छन्।

बोलपत्र आह्वान भइसकेको, प्राविधिक मूल्यांकन सकिएको र आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको बेला नयाँ नियम कसरी लागु भयो भन्ने प्रश्न चार दलका सांसदले सार्वजनिक लेखा समितिको बैठकमा उठाए। रास्वपाका मनीष झा र गणेश धिमाल, नेकपाका महेन्द्रबहादुर शाही र एमालेका गणेशसिंह ठगुन्नाले कानुनी आधार मागेका थिए। झाले यसलाई परीक्षामा उत्तर बुझाइसकेपछि प्रश्नपत्र फेरिनेसँग तुलना गरे। ठगुन्नाले नियम कुन समयमा र कुन आधारमा लागु गरियो भन्ने स्पष्ट नभएको भन्दै जवाफमा चित्त नबुझेको बताए। राप्रपाकी सचेतक खुस्बु ओलीले आर्थिक प्रस्ताव खोल्नुअघि नै रद्द गर्दा राज्यलाई दुईदेखि तीन अर्ब रुपैयाँ घाटा हुने निष्कर्ष कसरी निकालियो भनेर सोधिन्।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का (बोलपत्र) प्रक्रिया रद्द गरिएको विषयमा आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित यस विषयमा समितिले ठेक्का रद्द गर्नुको कारण, निर्णय प्रक्रिया, कानुनी आधार र आगामी कार्ययोजनासम्बन्धी कागजात मागेको छ।

समितिमा सांसदबाट उजुरी आएपछि मंगलबार लेखा समिति बैठकमा यो विषयमा छलफल भएको थियो। कांग्रेस सांसद जनकराज गिरी र योगेश गौचन थकालीले समितिमा लिखित निवेदन दिएका थिए।

उनीहरूले पुरानो ठेकेदार पटेल-रमण जेभीसँग जोडिएको क्षतिपूर्ति र बैंक जमानत जफत प्रक्रियामा नयाँ रद्दले पार्ने असरको अनुसन्धान मागेका थिए। त्यसपछि समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो। कागजात प्राप्त भएपछि समितिले थप अध्ययन गरेर यो विषयको टुंगो लगाउने जनाएको छ। छलफलमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशील आचार्य सहभागी थिए। उनीहरूले रद्दको कारण दिए तर तीन प्रश्न अनुत्तरित नै रहे। समिति बैठकमा सरकारी पक्षबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले जवाफ दिएका थिए । रद्दको कानुनी कारण त महानिर्देशकले दिए तर सांसदहरूले उठाएका तीन प्रश्न अनुत्तरित नै रहे।

महानिर्देशक रजौरियाले सार्वजनिक खरिद नियमावलीको १६औं संशोधनमा एक अर्ब ५० करोडभन्दा बढी लागतका जटिल निर्माणमा रेटेड पोइन्ट पद्धति अपनाउनुपर्ने व्यवस्था रहेको बताए । उनले यही व्यवस्था पालना गर्न बोलपत्र रद्द गरिएको हो, कुनै व्यक्ति वा कम्पनीको हित हेरेर होइन भन्ने जवाफ दिए।

ठेक्का रद्द गर्ने निर्णयसँगै प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, सार्वजनिक खरिद कानुनको उल्लंघन र राजनीतिक स्वार्थको विषय विवादमा परेको छ । आयोजनाको बाँध, विद्युत् गृहलगायत सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण निर्माणका लागि ६ वटा कम्पनी तथा संयुक्त उपक्रमले बोलपत्र पेस गरेका थिए। प्राविधिक मूल्यांकनमा तीन वटा चिनियाँ कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, एन्नेङ-रसुवा कन्स्ट्रक्सन जेभी र सिनोहाइड्रो कर्पोरेसन उत्तीर्ण भएका थिए । कालिका कन्स्ट्रक्सनसहित तीन कम्पनी भने आवश्यक कागजात नपुगेपछि अयोग्य ठहरिएका थिए।

गत कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीमार्फत पक्राउ गर्न लगाई दबाबमा ठेक्का तोडिएको हो । उनीहरूले ठेक्का रद्द गर्न नमानेपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा नियन्त्रणमा लिएर दबाब दिइएको थियो ।

प्राविधिक मूल्यांकनमा कालिका कन्स्ट्रक्सन अयोग्य भएपछि प्रधानमन्त्री कार्यालयले ठेक्का प्रक्रियामा अनावश्यक चासो देखाएको आरोप छ । कालिकालाई योग्य बनाउन दबाब दिइएको र त्यो सम्भव नभएपछि ठेक्का नै रद्द गराइएको निर्माण व्यवसायीसम्बद्ध प्रतिनिधिहरूको आरोप छ । यो आरोप पुष्टि हुन सकेको छैन । ठेक्का रद्द गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा (२) लाई आधार बनाइएको छ तर कानुनका जानकारले खरिद प्रक्रिया रद्द गर्न ऐनको दफा २६ मा उल्लिखित अवस्था र प्रक्रिया पालना गर्नुपर्ने बताउँदै आएका छन् ।

भारतको पटेल इन्जिनियरिङ र नेपालको रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रम पटेल-रमण जेभीसँग १४ अर्ब सात करोड ५९ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । सम्झौता अवधिको ६० प्रतिशतभन्दा बढी समय बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति १० देखि ११ प्रतिशत मात्रै भएपछि २०८२ मंसिर ८ गते सम्झौता अन्त्य गरिएको थियो ।

उक्त कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८३ जेठ १६ गते तीन वर्षका लागि कालोसूचीमा राखेको थियो । पुरानो ठेक्का तोडिएपछि बाँकी कामका लागि २०८३ जेठ २५ गते नयाँ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । यो बोलपत्रको ठेक्का प्रक्रिया बिचमै रद्द भएपछि अब पुन: अर्को बोलपत्र आह्वान गरेर ठेक्का प्रक्रिया अघि बढाइने छ । पुन: अर्को बोलपत्र प्रक्रिया अघि बढाउने आयोजनाका सूचना अधिकारी अशोकराज गौतमले बताए । ठेक्का रद्द गर्दा अदालतमा मुद्दा परे सरकारको निर्णय उल्टिन सक्ने जोखिम रहेको कानुनका जानकार बताउँछन्। महानिर्देशकका अनुसार अघिल्लो ठेक्का तोडिँदा अग्रिम भुक्तानीको जमानतबापत एक अर्ब २० करोड फिर्ता आएको छ। सांसद ओलीले महानिर्देशकलाई तपाईं प्रधानमन्त्री कार्यालय गएको हो कि होइन प्रश्न गर्दा रजौरियाले आफू र आयोजना प्रमुख दुवै गएको बताए।

त्यहाँ कुनै नियन्त्रण वा हस्तक्षेप महसुस नगरेको उनको प्रस्टोक्ति थियो। मन्त्रालयले रद्दका लागि लिखित निर्देशन दिएको थियो कि थिएन भन्ने ओलीको प्रश्नमा आचार्यले खरिद निर्णयका लागि मन्त्रालयको लिखित स्वीकृति आवश्यक नपर्ने बताए। प्रधानमन्त्री कार्यालयको भूमिकाबारे उठेको आरोपलाई भने उनले सीधा सम्बोधन गरेनन्।

कांग्रेसले प्रधानमन्त्री कार्यालयको आलोचना गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालयले भने ठेक्का प्रक्रियामा गम्भीर कानुनी तथा प्रक्रियागत त्रुटि भेटिएपछि सरकारले प्रक्रिया रद्द गरेको जनाएको थियो। उसका अनुसार संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेपछि पनि आयोजनाले प्राविधिक र आर्थिक प्रस्तावको अंकभार बोलपत्र कागजातमा समावेश गरेन।

प्रकाशित: ९ मंसिर २०८३ ११:३९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सुनकोशी मरिन आयोजनाको ठेक्का रद्दबारे सात दिनभित्र कागजात बुझाउन निर्देशन

सुनकोशी मरिन आयोजनाको ठेक्का रद्दबारे सात दिनभित्र कागजात बुझाउन निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको...

#ठेक्का #मरिन #रद्द
Compare →
Bizshala
1d ago
कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको...

#ठेक्का #रद्द #मरिन
Compare →
Onlinekhabar
4d ago
सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न

सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न

७ मङ्सिर, काठमाडौँ। राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको विषयले संसदीय समितिमा प्रवेश पाएको छ। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रारम्भिक छलफल गरेर यससँग सम्बन्धित कागजात नै मगाएको छ। जलस्रोत …

#ठेक्का #मरिन #रद्द
Compare →
Ekantipur
1d ago
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए ।

#ठेक्का #रद्द #दिनभित्र
Compare →

Related Stories

Politics & Governance
Build #2621