Trending
Prev Story
Next Story

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

Bizshala •
November 24, 2026 • 06:05 AM
18
18 reads 0 reactions

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको...

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको ठेक्का प्रचलित कानुनअनुसार रद्द गरिएको जलस्रोत तथा सिँचाइ विभागले स्पष्ट पारेको छ।

मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा विभागका महानिर्देशक दिनेश रजौरियाले बोलपत्र रद्द गर्नुको कारण सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधन रहेको बताए।

उनका अनुसार २०८३ असार २५ गते १५औँ संशोधनअनुसार बोलपत्र आह्वान गरिएको थियो। तर, प्राविधिक प्रस्ताव खोल्नुअघि नै भदौ ३ गतेदेखि लागू हुने गरी नियमावलीको १६औँ संशोधन जारी भयो। संशोधित व्यवस्थाले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल आयोजनामा अङ्कभारमा आधारित मूल्याङ्कन प्रणाली अनिवार्य गरेपछि पुरानै प्रक्रियाबाट अघि बढ्दा कानुनी जटिलता आउने देखिएकाले बोलपत्र रद्द गरी नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाइएको उनले बताए।

नयाँ मूल्याङ्कन प्रणालीबाट निर्माण कम्पनीको प्राविधिक क्षमता, अनुभव र कार्यसम्पादनको समग्र मूल्याङ्कन गर्न सकिने भएकाले आयोजनाको गुणस्तर र समयमै निर्माण सम्पन्न हुने सम्भावना बढ्ने उनको भनाइ छ। निर्णय कुनै व्यक्ति वा पक्षको हितमा नभई कानुन र सार्वजनिक हितलाई ध्यानमा राखेर गरिएको उनले स्पष्ट पारे।

समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले आयोजनाको १३.३ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भइसकेको जानकारी दिए। हेडवर्क्स निर्माणको जिम्मा पाएको ठेकेदारले अपेक्षित प्रगति नगरेपछि गत वर्ष ठेक्का तोडेर पुनः बोलपत्र आह्वान गरिएको उनले बताए।

आयोजनामार्फत रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटबाट तीन किलोमिटर माथि बाँध निर्माण गरी ६४ मिटरको हेडबाट ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। साथै, मरिन नदी हुँदै बागमतीमा पानी मिसाएर बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने योजना रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
सुनकोशी मरिन आयोजनाको ठेक्का रद्दबारे सात दिनभित्र कागजात बुझाउन निर्देशन

सुनकोशी मरिन आयोजनाको ठेक्का रद्दबारे सात दिनभित्र कागजात बुझाउन निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको...

#सुनकोशी #मरिन #आयोजना
Compare →
Onlinekhabar
5d ago
सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न

सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न

७ मङ्सिर, काठमाडौँ। राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको विषयले संसदीय समितिमा प्रवेश पाएको छ। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रारम्भिक छलफल गरेर यससँग सम्बन्धित कागजात नै मगाएको छ। जलस्रोत …

#सुनकोशी #मरिन #ठेक्का
Compare →
Nagarik News
11h ago
सुनकोसी-मरिनको ठेक्का रद्द विवाद : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

सुनकोसी-मरिनको ठेक्का रद्द विवाद : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य संरचना निर्माणका लागि अघि बढाइएको अर्बौं रुपैयाँको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने अन्तिम समयमा रद्द गरेपछि विवादमा तानिएको छ।

#मरिन #रद्द #ठेक्का
Compare →
Ekantipur
4d ago
वन विभागको ढिलाइले अरुण करिडोरको ठेक्का प्रभावित

वन विभागको ढिलाइले अरुण करिडोरको ठेक्का प्रभावित

वन क्षेत्रको अवस्था स्पष्ट पार्न आयोजनाले गत साउनमै पठाएको थियो पत्र, विभागबाट अहिलेसम्म जवाफ आएन

#आयोजना #ठेक्का
Compare →
Arthasansar
2d ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#आयोजना
Compare →

Related Stories

National (Nepal)
Build #2628