Trending
Prev Story
Next Story

लेखा समितिमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे छलफल सुरु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
16
16 reads 0 reactions

८ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल सुरु भएको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द …

लेखा समितिमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे छलफल सुरु

८ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल सुरु भएको छ ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि बढ्दा राज्यलाई नै घाटा हुने जिकिर गरेका छन् ।

उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको हो । छलफलमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया लगायत उपस्थित छन् ।

आयोजनाले गत जेठ २५ गते प्रकाशित सूचनामार्फत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) मा रहेको व्यवस्थाअनुसार गत कात्तिक दोस्रो साता उक्त ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला ठेक्का रद्द गरिएको भनेर उजुरी परेपछि संसदीय समितिले छलफल सुरु गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
लेखा समिति बैठकका एजेन्डा : सुनकोशी–मरिण र विद्युत् प्राधिकरणको डिजिटल प्रणाली

लेखा समिति बैठकका एजेन्डा : सुनकोशी–मरिण र विद्युत् प्राधिकरणको डिजिटल प्रणाली

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना र नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली व...

#लेखा #सुनकोशी #मरिण
Compare →
Bizshala
1d ago
कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको...

#ठेक्का #सुनकोशी #आयोजना
Compare →
Ekantipur
1d ago
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए ।

#सुनकोशी #मरिण #आयोजना
Compare →
Nagarik News
11h ago
सुनकोसी-मरिनको ठेक्का रद्द विवाद : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

सुनकोसी-मरिनको ठेक्का रद्द विवाद : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य संरचना निर्माणका लागि अघि बढाइएको अर्बौं रुपैयाँको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने अन्तिम समयमा रद्द गरेपछि विवादमा तानिएको छ।

#ठेक्का #लेखा
Compare →

Related Stories

World News
Build #2628