Trending
Prev Story
Next Story

सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाको प्रणाली एकीकृत गर्नेबारे छलफल

Nagarik News •
November 24, 2026 • 03:42 PM
11
11 reads 0 reactions

हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ।

सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाको प्रणाली एकीकृत गर्नेबारे छलफल

हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ।

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले उक्त छलफल गरिएको हो।

बैठकमा तीनवटै निकायलाई एकीकृत गर्न दुईवटा सम्भावित कानुनी विकल्पमाथि विचार-विमर्श गरिएको छ। जसअनुसार विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी ती निकायलाई आपसमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने विकल्पमाथि छलफल भएको हो।

छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको उपस्थिति थियो। साथै, बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित: ८ मंसिर २०८३ २१:२७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
स्वास्थ्य बीमा बोर्डको सूचना प्रणाली स्तरोन्नति गरी सञ्चालनमा

स्वास्थ्य बीमा बोर्डको सूचना प्रणाली स्तरोन्नति गरी सञ्चालनमा

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित त...

#बीमा #प्रणाली
Compare →
Ekantipur
5d ago
दसौं राष्ट्रिय खेलकुद: सुरक्षा योजना एकीकृत गर्न र अपुग बजेटको स्पष्ट विवरण दिन मुख्यमन्त्रीको निर्देशन

दसौं राष्ट्रिय खेलकुद: सुरक्षा योजना एकीकृत गर्न र अपुग बजेटको स्पष्ट विवरण दिन मुख्यमन्त्रीको निर्देशन

शुक्रबार सुर्खेतमा आयोजित सुरक्षा समन्वय बैठकमा मुख्यमन्त्री शाहीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका र राष्ट्रिय अनुसन्धान विभागले योजनालाई एकीकृत गरी स्पष्ट कमान्ड र जिम्मेवारीसहितको कार्ययोजना बनाउन निर्देशन दिएका हुन्।

#एकीकृत #सुरक्षा
Compare →
Bizshala
3h ago
स्वास्थ्य बीमाको सेवा लिन अब सक्कली कार्ड अनिवार्य नहुने, डिजिटल कार्ड वा फोटोकपीले पनि काम गर्ने

स्वास्थ्य बीमाको सेवा लिन अब सक्कली कार्ड अनिवार्य नहुने, डिजिटल कार्ड वा फोटोकपीले पनि काम गर्ने

काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब उपचार सेवा लिन अनिवार्य रूपमा स्वास्थ्य बीमाको सक्कली...

#बीमा
Compare →
Onlinekhabar
5d ago
नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की

नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की

९ मंसिर, काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि …

#कोष
Compare →

Related Stories

World News
Build #2625