Trending
Prev Story
Next Story

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

Ekantipur •
November 25, 2026 • 10:02 AM
6
6 reads 0 reactions

नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

काठमाडौं — नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको बताए । उनले अब कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था अद्यावधिक गर्न खोजिएको बताए ।

उनका अनुसार पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा पनि कोषको लगानी विस्तार गर्ने उद्देश्य राखिएको छ । मध्यम वर्गको विस्तारलाई मुख्य प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा ध्यान दिनुपर्ने उनले बताए ।

विधेयकमार्फत कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने, संस्थागत सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित र अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए । विधेयकका प्रमुख विशेषताबारे जानकारी दिँदै उनले दफा २ अन्तर्गत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गरिएको बताए । यसक्रममा डिबेन्चर, ऋणपत्र तथा धितोपत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ । त्यस्तै मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणलाई समेत लगानीको परिभाषाभित्र समेट्ने प्रस्ताव गरिएको छ ।

यस्तै कोषको पुँजी संरचनामा पनि परिवर्तन प्रस्ताव गरिएको छ । हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउने, सेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्‍याउने तथा चुक्ता पुँजी ३ अर्बबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव विधेयकमा समेटिएको अर्थमन्त्री वाग्लेले बताए ।

उनले बदलिँदो आर्थिक आवश्यकता र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न नागरिक लगानी कोषसम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पारे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की

नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की

९ मंसिर, काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि …

#कोष #पुँजी
Compare →
Bizshala
6d ago
वैकल्पिक लगानी कोषमा सेबोनको नयाँ प्रस्तावः २५ लाखमै लगानीदेखि विदेशी पुँजी भित्र्याउनेसम्म

वैकल्पिक लगानी कोषमा सेबोनको नयाँ प्रस्तावः २५ लाखमै लगानीदेखि विदेशी पुँजी भित्र्याउनेसम्म

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैकल्पिक लगानी कोषको दायरा फराकिलो बनाउँदै नयाँ नियमावली ल्याउने तयारी...

#कोष #पुँजी #याउने
Compare →
Arthasansar
22h ago
भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं  - अर्थमन्त्री वाग्ले

भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन...

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
2d ago
भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा निर्धक्क भएर लगानी गर्नुहोस्’

भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा निर्धक्क भएर लगानी गर्नुहोस्’

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भ्रमणमा भारत पुगेक...

#अर्थमन्त्री #वाग्ले
Compare →
Nagarik News
4d ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Business & Economy
Build #2625