Trending
Prev Story
Next Story

सांसदहरू भन्छन्- कानुनहरूमा यौन हिंसाका कसुरदारलाई सजायको मात्रा निकै कम छ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
9
9 reads 0 reactions

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी प्रचलित कानुनहरूमा सुधार आवश्यक रहेको बताएका छन् । सरकारले प्रस्ताव गरेको तयार पारेको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा पनि यौन हिंसासँग सम्बन्धित विषयहरूमा सुधारको …

सांसदहरू भन्छन्- कानुनहरूमा यौन हिंसाका कसुरदारलाई सजायको मात्रा निकै कम छ

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी प्रचलित कानुनहरूमा सुधार आवश्यक रहेको बताएका छन् ।

सरकारले प्रस्ताव गरेको तयार पारेको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा पनि यौन हिंसासँग सम्बन्धित विषयहरूमा सुधारको खाँचो उनीहरूले औंल्याएका छन् ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी ऐन अप्रर्याप्त रहेको र सरकारले हालै प्रस्ताव गरेको विधेयकले पनि सबै समेट्न नसकेको बताएका हुन् ।

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले पनि यौन हिंसा पीडकलाई कडा कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिइन् । ‘अहिलेको व्यवस्था अप्रर्याप्त छ । जन्मकैद भने पनि २५ वर्ष हो,’ उनले भनिन्, ‘दिन–रात गन्ने र पछि के के पुरस्कारको नाममा छिट्टै छुट्ने अवस्था छ । यसमा सुधार आवश्यक छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले यौन हिंसाका पीडकलाई विशेष सजायको व्यवस्था हुनुपर्ने बताइन् । उनले भनिन्, ‘यौन हिंसाका पीडकलाई अन्य अपराधीसरह सजाय दिएर मात्र पुग्दैन ।  विशेष सजायको व्यवस्था हुनुपर्छ ।’

नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले यौन हिंसा पीडकलाई मृत्युदण्डको सजायको व्यवस्था राख्नुपर्ने बताइन् । तर त्यसका लागि संविधान बाधक रहेको उनको टिप्पणी थियो ।

‘अन्तर्राष्ट्रिय सन्धि सम्झौताको नेपाल पक्ष राष्ट्र भएकाले मृत्युदण्ड सजाय दिने कानुन निर्माण गर्न सम्भव छैन । तर त्यस्ता अपराधलाई कठोर सजायको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन् ।

प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई समेट्ने गरी कानुन निर्माणमा हुनुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर पीडकलाई सजाय बोध हुने गरी कठोर सजायको व्यवस्था राखिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक, वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, सुधार गर्नुपर्ने बुँदासँग सम्बन्धित रहेर अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

जसमा उनले आर्थिक वर्ष २०८१/०८२ मा यौन हिंसासम्बन्धी नेपालमा भएका घटनाको अवस्था र प्रवृत्ति उजागर गरेका थिए । एक वर्ष भएका कुल अपराधको २९ प्रतिशत लैंगिक हिंसाका घटनाहरू रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।

जसमा ७८.५ प्रतिशत अभियुक्तहरू पीडितका परिचित व्यक्ति रहेको र ६२.४ प्रतिशत बालिका पीडित रहेको देखिन्छ ।

अर्का अधिवक्ता विनोदचन्द्र देवकोटाले यौन हिंसासम्बन्धी विषय गम्भीर भएकाले हतारमा कानुन निर्माण गरेर पछुताउनेभन्दा पहिले व्यापक छलफल गरेर प्रक्रिया अगाडि बढाउनु बुद्धिमानी हुने सुझाएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
माओवादी सशस्त्र द्वन्द्वकालीन यौन हिंसापीडित अझै न्यायको पर्खाइमा

माओवादी सशस्त्र द्वन्द्वकालीन यौन हिंसापीडित अझै न्यायको पर्खाइमा

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको २० वर्ष पुग्यो, तर द्वन्द्वकालीन यौन हिंसापीडितले आयोगमा उजुरी दिएको वर्षौं बितिसक्दा पनि न्याय पाउन सकेका छैनन् ।

#यौन #हिंसा
Compare →
Bizshala
1d ago
आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

काठमाण्डौ । सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने र व्यावसायिक गतिविधिको लागत...

#कानुन #काठमाडौं
Compare →
Nagarik News
5h ago
लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताएकी छन्।

#हिंसा
Compare →

Related Stories

World News
Build #2625