९ मंसिर, काठमाडौं । भुटानमा आयोजना हुने गेलेफु मेन्स टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल ‘ए’ टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
डिसेम्बर ४ देखि १३ सम्म हुने सिरिजका लागि टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतीश जीसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रुपेश सिंह, दीपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख छन्।
प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल ए, थाइल्यान्ड, बहराइन र माल्दिभ्स सहभागी हुनेछन् ।