Trending
Prev Story
Next Story

सन्तोषको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टोली घोषणा

Nagarik News •
November 25, 2026 • 11:33 AM
5
5 reads 0 reactions

देब्रे हाते स्पिन अलरान्डर सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ क्रिकेट टोली घोषणा भएको छ।

सन्तोषको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टोली घोषणा

देब्रे हाते स्पिन अलरान्डर सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ क्रिकेट टोली घोषणा भएको छ।

भुटानमा डिसेम्बर ४ देखि १३ तारिखसम्म आयोजना हुने गेलफु मेन्स टी ट्वान्टी अन्तर्राष्ट्रियका लागि सन्तोषको कप्तानीमा नेपाल ‘ए’ घोषणा गरिएको हो।

उक्त सिरिजमा नेपाल ‘ए’ र आयोजक भुटानसहित बहराईन, माल्दिभ्स र थाइल्यान्ड सहभागी छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा राम्रो प्रदर्शन गरेका खेलाडीले पनि स्थान बनाएका छन्।

विराटनगर किङ्सका इमरान शेख र जनकपुर बोल्ट्सका विशाल सुस्लिङ टोलीमा परे। क्यानले बिहिबार सार्वजनिक गरेको टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख छन्।

पाँच टोलीबीच हुने प्रतिस्पर्धाले नेपालका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नेछ।

प्रकाशित: ९ मंसिर २०८३ १७:१८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
भुटानमा हुने टी-२० प्रतियोगिताका लागि सन्तोष यादवको नेतृत्वमा नेपाली टोली घोषणा

भुटानमा हुने टी-२० प्रतियोगिताका लागि सन्तोष यादवको नेतृत्वमा नेपाली टोली घोषणा

भुटानमा डिसेम्बर ४ देखि १३ सम्म हुने पाँच राष्ट्र सहभागी टी-२० प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ‘ए’ टोली घोषणा गरेको छ। क्यानले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो...

#सन्तोष #घोषणा #यादव
Compare →
Ekantipur
3d ago
सुजन थपलियाको कप्तानीमा दशौं राष्ट्रिय खेलकुदका लागि कोशीको क्रिकेट टोली घोषणा

सुजन थपलियाको कप्तानीमा दशौं राष्ट्रिय खेलकुदका लागि कोशीको क्रिकेट टोली घोषणा

टोलीको कप्तानी सुजनले गर्नेछन् भने अंकित सुबेदी, रितेश राय (विकेटकिपर), शकिब हक, फिरदोस अन्सारी, दिपेश कँडेल, बिपिन महतो, प्रतिक पोखरेल, सोनु मण्डल, प्रेम कामत, समिर कार्की, कृतिक कामत, मेहबुब इराकी र सोनु अन्सारी टोलीमा परेका छन्।

#कप्तानी #क्रिकेट #घोषणा
Compare →
Arthasansar
1d ago
सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको...

#घोषणा
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#घोषणा
Compare →
Onlinekhabar
5d ago
भुटानमा हुने गेलेफु टी–२० सिरिज खेल्ने नेपाल ए टोली घोषणा

भुटानमा हुने गेलेफु टी–२० सिरिज खेल्ने नेपाल ए टोली घोषणा

९ मंसिर, काठमाडौं । भुटानमा आयोजना हुने गेलेफु मेन्स टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल ‘ए’ टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। डिसेम्बर ४ देखि १३ …

#घोषणा
Compare →

Related Stories

Sports
Build #2625