Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : कोशीको पहिलो जित, कर्णाली ४९ रनले पराजित

Ekantipur •
November 25, 2026 • 12:02 PM
6
6 reads 0 reactions

महिला क्रिकेटमा कोशी प्रदेशले घरेलु टोली कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै पहिलो जित निकालेको छ ।

दसौं राष्ट्रिय खेलकुद : कोशीको पहिलो जित, कर्णाली ४९ रनले पराजित

महिला क्रिकेटमा कोशी प्रदेशले घरेलु टोली कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै पहिलो जित निकालेको छ ।

घरेलु टोली कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै कोशी प्रदेशले दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा कोशीले कर्णालीलाई हराएको हो । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको कोशीले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको मद्दतमा निर्धारित ओभरमा १२५ रन बनाएको थियो । रुविनाले ५७ बलमा एक छक्का र नौ चौकासहित ६२ रन बनाइन् । काजोल श्रेष्ठले १४, खुसी राजवंशीले १० र लकिता राजवंशीले ९ रन जोडिन् । विमला महला ७ र फूलकुमारी राजवंशी ६ रनमा अविजित रहे ।

कर्णालीका रमा बुढाथोकीले दुई र रविना बुढामगरले एक विकेट लिइन् । १२६ रनको लक्ष्य पछ्याएको कर्णाली ७६ रनमा अलआउट भयो । कर्णालीका शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् । सोविका शाहीले १२, रमा बुढाथोकीले १० र किरणकुमारी कुँवरले ९ रन जोडिन् । गंगा खड्काले ७, सोना चन्दले ७, अञ्जु गुरुङले ४ र रविना बुढामगरले ३ रन बनाइन् । जयन्ती चन्द र ओपनर रेखा सोनीले एक–एक रन जोडे । कोशीकी लकिता राजवंशीले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले एक ओभर मेडन राख्दै पाँच रन मात्र खर्चिइन् । निशा शाह र एलिशा खादियाले दुई–दुई तथा कप्तान रुविना क्षेत्री र निरु राजवंशीले एक–एक विकेट लिए । तीन विकेट लिएकी लकिता प्लेयर अफ द म्याच घोषित भइन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3h ago
घरेलु टोली कर्णालीलाई पराजित गर्दै कोशीको पहिलो जीत

घरेलु टोली कर्णालीलाई पराजित गर्दै कोशीको पहिलो जीत

घरेलु टोली कर्णाली प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले पहिलो जीत निकालेको छ।

#कोशी #कर्णाली #पराजित
Compare →
Hamro Patro News
6h ago
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्च...

#पराजित #खेलकुद
Compare →

Related Stories

Sports
Build #2625