Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

Nagarik News •
November 25, 2026 • 07:55 AM
5
5 reads 0 reactions

बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन्।

दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

दशौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ। बागमतीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्यो।

बागमतीले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थियो।

सुदूरका लागि ओपनर मनिषा बोहराले ३० रन बनाइन्। खेलको अन्तिमतिर ब्याटिङ गर्न आएकी अनु कडायतले महत्वपूर्ण २३ रनको नटआउट पारी खेलिन्। १५ बलको सामना गरेकी अनुले एक चौका र एक छक्काको मद्दतमा २३ रनको योगदान दिइन्।

यस्तै कप्तान ऋतु कनौजियाले १४ बलमा नटआउट १५ रन बनाइन्। स्नेहा महराले २२ रनको योगदान दिइन् भने ममता बोहराले दुई तथा रविन बोहरा, यामु पाण्डे र ममता चन्दले एक एक रन बनाए।

बलिङतर्फ बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले तीन विकेट लिइन् भने संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक एक विकेट लिए।

११३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो। बागमतीका लागि ओपनर हेलिषा गुरुङले नटआउट ५५ रनको महत्वपूर्ण पारी खेलिन्। ५१ बलको सामना गरेकी उनले छ चौका प्रहार गरिन्।

यस्तै लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० रन बनाइन्। बागमतीकी सेविका कुमारी यादवले तीन रनको योगदान दिइन्।सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महताराले एक एक विकेट लिए।

बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन्।

आज हुने दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिष्पर्धा हुँदैछ।

प्रकाशित: ९ मंसिर २०८३ १३:४० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्च...

#बागमती #सुदूरपश्चिम #पराजित
Compare →
Ekantipur
2h ago
राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई हरायो

राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई हरायो

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बागमतीलाई सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

#बागमती #सुदूरपश्चिम #विकेट
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →

Related Stories

Sports
Build #2625