Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई हरायो

Ekantipur •
November 25, 2026 • 08:03 AM
6
6 reads 0 reactions

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बागमतीलाई सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई हरायो

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बागमतीलाई सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

सुर्खेत — दसाैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार भएको महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ ।

बागमतीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । उसका लागि ओपनर मनिषा बोहराले ३० र स्नेहा महराले २२ रन बनाइन् । अनु कडायतले १५ बलमा एक चौका र एक छक्कासहित अविजित २३ रन बनाइन् ।

कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५ रन जोडिन् । बागमतीकी कप्तान अस्मिना कर्माचार्यले ३ विकेट लिइन् । संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले १–१ विकेट लिइन् ।

११३ रनको लक्ष्य पछ्याएको बागमतीले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनर हेलिषा गुरुङले ५१ बलमा ६ चौकासहित अविजित ५५ रन बनाइन् । लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० र सेविका कुमारी यादवले ३ रनको योगदान दिइन् ।

सुदूरपश्चिमकी अनु कडायत र स्नेहा महराले १–१ विकेट लिए । बागमतीको जितमा अविजित ५५ रन बनाएकी हेलिषा प्लेयर अफ द म्याच घोषित भइन् । आज हुने दोस्रो खेलमा आयोजक कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्च...

#बागमती #सुदूरपश्चिम #खेलकुद
Compare →
Nagarik News
2h ago
दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन्।

#बागमती #सुदूरपश्चिम #विकेट
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →

Related Stories

Sports
Build #2625