Trending
Prev Story
Next Story

सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

Arthasansar •
November 24, 2026 • 05:07 AM
14
14 reads 0 reactions

सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको...

सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट ३६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

होटलले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस २१ गतेका लागि ५२ औँ वार्षिक साधारणसभा गर्ने समेत निर्णय गरेको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुने छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा : बोनस र नगद कति ?

सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा : बोनस र नगद कति ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई १६.८४२१०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गर्ने...

#लाभांश #वितरण #सोल्टी
Compare →
Hamro Patro News
1d ago
सोल्टी होटलले ३६.८४ प्रतिशत लाभांश दिने, साधारण सभा पुस २१ गते

सोल्टी होटलले ३६.८४ प्रतिशत लाभांश दिने, साधारण सभा पुस २१ गते

काठमाडौँ । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटलको ताहाचलस्थित दी सोल्टी काठमाडौँमा सम्पन्न सञ्चाल...

#लाभांश #होटल #वितरण
Compare →
Ekantipur
2d ago
माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।

#लाभांश #घोषणा #कति
Compare →
Nagarik News
2h ago
सन्तोषको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टोली घोषणा

सन्तोषको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टोली घोषणा

देब्रे हाते स्पिन अलरान्डर सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ क्रिकेट टोली घोषणा भएको छ।

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2625