यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।
काठमाडौँ — माहुली र स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेका छन् । माहुलीको गएको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
यसले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको हो । यसले आफ्नो वित्तीय विवरणमा ४२.५८ प्रतिशत लाभांश क्षमता देखाएको थियो ।
त्यस्तै, स्वावलम्बनले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । यसले आफ्नो वित्तीय विवरणमा २८.७९ प्रतिशत लाभांश क्षमता देखाएको थियो ।
दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ । यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।