काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँको ४.७५ प्रतिशतका दरले ८ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।