Trending
Prev Story
Next Story

बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा

Ekantipur •
November 22, 2026 • 06:33 AM
3
3 reads 0 reactions

दुर्गम क्षेत्रसम्म खोप सेवा विस्तार गर्दै हरेक बालबालिकालाई नियमित खोपको पहुँच सुनिश्चित गरेपछि बागमतीले यो उपलब्धि हासिल गरेको हो।

बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा

दुर्गम क्षेत्रसम्म खोप सेवा विस्तार गर्दै हरेक बालबालिकालाई नियमित खोपको पहुँच सुनिश्चित गरेपछि बागमतीले यो उपलब्धि हासिल गरेको हो।

हेटौंडा — बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने बागमती चौथो प्रदेश हो । यसअघि कोशी, मधेश र कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकिएको छ ।

प्रदेश खोप समन्वय समितिले शनिबार एक समारोहबीच प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरीबहादुर तामाङलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गर्दै घोषणा गरेको हो ।

प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै स्वास्थ्य तथा सामाजिक विकासमन्त्री तामाङले यसले हरेक बालबालिकाको स्वस्थ रहन पाउने अधिकार सुनिश्चित गरेको बताए । प्रदेशका सबै जिल्ला सुगम नभए पनि दुर्गम क्षेत्रमा समेत स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गरिरहेको भन्दै उनले सन्तुष्टि व्यक्त गरे । खोप सेवालाई सहज बनाउन प्रत्येक जिल्लालाई एक–एकवटा खोप सवारीसाधन उपलब्ध गराउनेबारे आफूले सोचिरहेको उनले बताए ।

कार्यक्रममा भोटेकोशी बाढीका बेला योगदान पुर्‍याउने स्वास्थ्यकर्मीलगायत पूर्ण खोप सुनिश्चितताका लागि सक्रिय भूमिका खेल्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअनुसार २०७९ सालदेखि पूर्ण खोप सुनिश्चितता अभियान सञ्चालन हुँदै आएको छ । प्रत्येक वर्ष चैत महिनाभित्र सम्बन्धित वडामा हालसालै जन्मिएका नवजात शिशुदेखि १५ महिनासम्मका बालबालिकाले लगाउनुपर्ने खोपको मात्रा पूरा गरे–नगरेको खोजी गरिन्छ । यस क्रममा कुनै बालबालिकाले खोप नलगाएको पाइएमा आवश्यक खोप दिएर सुनिश्चित गरिन्छ ।

त्यसपछि वडा तहबाट स्थानीय तह हुँदै जिल्ला र प्रदेशभर पूर्ण खोप सुनिश्चितताको घोषणा गरिन्छ । दिगोपनाका लागि हरेक तहमा प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिँदै आएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलगायत अन्य जिल्ला समन्वय समितिका प्रमुखहरूको उपस्थिति थियो । कार्यक्रममा प्रदेशका सबै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्य स्वयंसेविका तथा विद्यालयका नर्स सहभागी थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन्। डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशक...

#घोषणा #बागमती
Compare →
Nagarik News
2d ago
राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

#घोषणा
Compare →
Onlinekhabar
2d ago
पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र …

#घोषणा
Compare →
Bizshala
2d ago
दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

काठमाण्डौ । विभिन्न देशमा दादुराको संक्रमण पुनः बढ्न थालेपछि परिवार कल्याण महाशाखाले बालबालिकाको नियमित खोप...

#खोप
Compare →
Arthasansar
3d ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर...

#घोषणा
Compare →

Related Stories

World News
Build #2612