Trending
Prev Story
Next Story

निर्वाचनको मिति नतोक्दै धमाधम उम्मेदवारी घोषणा

Ekantipur •
November 22, 2026 • 05:02 AM
3
3 reads 0 reactions

जिल्लाको चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिकामा नगरप्रमुख र अध्यक्षको स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेपछि चुनावी चर्चा सुरु भएको छ ।

निर्वाचनको मिति नतोक्दै धमाधम उम्मेदवारी घोषणा

जिल्लाको चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिकामा नगरप्रमुख र अध्यक्षको स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेपछि चुनावी चर्चा सुरु भएको छ ।

जुम्ला — स्थानीयतह निर्वाचनको मिति नतोक्दै जुम्लाका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्न सुरु भएको छ । जिल्लाको चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिकामा नगरप्रमुख र अध्यक्षको स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेपछि चुनावी चर्चा सुरु भएको छ ।

चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका भरत स्वाँरले शनिबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरे । उनले नगरको विकास, समृद्धि र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै घोषणापत्र समेत सार्वजनिक गरे ।

स्वाँरले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् । फोहोरमैला व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा, सामुदायिक विद्यालयको सुधार, युवालाई रोजगारी तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष जोड दिने उनको भनाइ छ ।

चन्दननाथ मन्दिरसहित नगरभित्रका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थित बजार, खानेपानी, सडक र डिजिटल सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजना पनि उनले अघि सारेका छन् । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई नगर विकासको आधार बनाउने उनको प्रतिबद्धता छ ।

‘विकास भाषणले होइन, स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व, सामूहिक प्रयास र परिणाममुखी कामले सम्भव हुन्छ,’ स्वाँर भने, ‘जसका लागि म लागिरहेको छु ।’  नगरप्रमुखमा निर्वाचित भए पाँच वर्षसम्म पाउने सेवासुविधासमेत नलिने घोषणा गरे ।

जुम्लाका होटल व्यवसायी नुर्बु लामाले गुठिचौर गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन । जुम्ला विमानस्थल नजिकै कान्जिरोवा होटल सञ्चालन गर्दै आएका लामाले गुठिचौरलाई कृषि र पर्यटनको नमुना गाउँपालिका बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिने बताएका छन् ।

कुनै पनि दलको चुनाव चिहृनबाट नभई स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् । यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध थिए । स्थानीय तह निर्वाचनको औपचारिक मिति घोषणा हुनुअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा हुन थालेपछि जुम्लामा चुनावी माहोल थप रोचक बन्दै गएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
14h ago
जुम्लामा चुनावी सरगर्मी सुरु : चन्दननाथमा स्वाँर र गुठिचौरमा लामा स्वतन्त्र उम्मेदवार

जुम्लामा चुनावी सरगर्मी सुरु : चन्दननाथमा स्वाँर र गुठिचौरमा लामा स्वतन्त्र उम्मेदवार

चन्दननाथ नगरपालिका-२ भण्डारीबाडाका स्वाँरले शनिबार सदरमुकाम खलंगास्थित दौतरी होटलमा पत्रकार सम्मेलन गरी नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

#उम्मेदवारी #घोषणा #स्वतन्त्र
Compare →
Hamro Patro News
1d ago
राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

#उम्मेदवारी #घोषणा
Compare →
Onlinekhabar
1d ago
पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र …

#उम्मेदवारी #घोषणा
Compare →

Related Stories

Politics & Governance
Build #2612