Trending
Prev Story
Next Story

रिलायबल नेपाल लाइफको ४६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

Arthasansar •
November 24, 2026 • 05:07 AM
19
19 reads 0 reactions

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ४६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनी ग्लोबल...

रिलायबल नेपाल लाइफको ४६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ४६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनी ग्लोबल आईएमई बैंकको नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको प्रति कित्ता न्यूनतम मूल्य २५० रुपैयाँ रहेको छ । संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने छन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।

आवेदन कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिनु पर्ने छ । आवेदन दिदाँ नागरिकता र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, आयश्रोत खुल्ने कागजात, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रवाट कालोसूचीमा नपरेको प्रमाण र कम्पनी र संस्थाको हकमा दर्ता प्रमाणपत्र प्रवन्धपत्र, नियमावली, स्थायी लेखा नम्बर समावेश गर्नु पर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
मल्टीपर्पस फाइनान्सको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउँदै

मल्टीपर्पस फाइनान्सको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउँदै

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ।कम्पनीका संस्थापक...

#संस्थापक #कित्ता #बिक्री
Compare →
Hamro Patro News
3h ago
दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाडौं । दुई जलविद्युत् कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणबाट पुँजी जुटाउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले कुल ८...

#कित्ता
Compare →
Nagarik News
4h ago
चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो।

#बिक्री
Compare →
Ekantipur
12h ago
९ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

९ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४८.९६मा, युरो रु १६२.८२मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #कति
Compare →
Onlinekhabar
5d ago
क्यानले एनपीएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बिक्री गर्दै

क्यानले एनपीएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बिक्री गर्दै

८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफूले आयोजना गर्ने प्रतियोगिताको टिकट बिक्री तथा व्यवस्थापनको विशेष अधिकार दुई वर्षका लागि बिक्री गर्ने भएको छ। क्यानले मंगलबार सार्वजनिक सूचना जारी …

#बिक्री
Compare →

Related Stories

National (Nepal)
Build #2625