Trending
Prev Story
Next Story

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

Arthasansar •
November 23, 2026 • 09:07 AM
16
16 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीले सोमबार भर्चुअल माध्यमबाट सङ्खुवासभामा निर्माण हुने आयोजनाको शिलान्यास गरेका हुन् ।

९२ अर्ब ६७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुने आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ । आयोजनाबाट उत्पादित कुल विद्युतकाे २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ भने २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीले आयोजना निर्माण गरिरहेको छ । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता भएको थियो । अरुण–३ आयोजनाबाट निस्कने पानीलाई १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याएर थप विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट नेपालले निःशुल्क ऊर्जा, रोयल्टी, कर तथा रोजगारीलगायत आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
बालेनले जयशंकरपछि सिधै गरे मोदीसँग वार्ता, एक्लाएक्लै भयो दुई घण्टा लामो कुराकानी

बालेनले जयशंकरपछि सिधै गरे मोदीसँग वार्ता, एक्लाएक्लै भयो दुई घण्टा लामो कुराकानी

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो पहिलो औपचारिक विदेश यात्रा दक्षिण छिमेकी भारतबाट गरेका छन्। उनी आइतबार र सोमबार दुई दिन करिब साढे २५ घण्टा भारतमा रहे । तर उनी नयाँदिल्लीभन्दा बाहिर क...

#बालेन-शाह #मोदी #भारत
Compare →
Nagarik News
20h ago
भारत भ्रमणको तस्बिर राख्दै बालेनले भने : धन्यवाद मोदीज्यू

भारत भ्रमणको तस्बिर राख्दै बालेनले भने : धन्यवाद मोदीज्यू

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

#बालेन-शाह #मोदी #भारत
Compare →
Bizshala
7m ago
देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम...

#बालेन-शाह #भारत #बालेन
Compare →
Ekantipur
22h ago
प्रधानमन्त्री शाहसँगको तस्बिर पोस्ट गर्दै मोदीले लेखे : नेपाल-भारत मित्रता अझ उचाइमा

प्रधानमन्त्री शाहसँगको तस्बिर पोस्ट गर्दै मोदीले लेखे : नेपाल-भारत मित्रता अझ उचाइमा

फेसबुकमा प्रधानमन्त्री शाहसँगका केही तस्बिर पोस्ट गर्दै भारतीय समकक्षी मोदीले भेट सुखद रहेको पनि उल्लेख गरेका छन् ।

#मोदी #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2621