Trending
Prev Story
Next Story

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

Arthasansar •
November 24, 2026 • 07:07 AM
4
4 reads 0 reactions

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिए पनि सीमा समस्या, सन् १९५० को नेपाल–भारत सन्धि पुनरावलोकन तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचजस्ता विषयमा छलफल हुन नसकेको बताएका हुन्।

उनले प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेको सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा र ऐतिहासिक सन्धिका विषय उठाउने अपेक्षा गरेको बताए। कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्ने उनको भनाइ थियो। नेपाली चिया, अलैँची तथा तरकारीले भारतीय बजारमा सहज प्रवेश पाउन नसकेको समस्या पनि भ्रमणको एजेन्डामा समेटिन नसकेको पोखरेलले बताए। सन् १९५० को सन्धिको विषयमा समेत प्रधानमन्त्रीले छलफल अघि बढाउन नसकेको उनको टिप्पणी थियो।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि त्यसको कार्यान्वयनमा भने उनले आशङ्का व्यक्त गरे। उनले भने, ‘एयर रुटको सहमति सकारात्मक भएको छ । तर कार्यान्वयन प्रमुख कुरा हो । पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धिमै सीमित, ओझेलमा मुख्य मुद्दा

प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धिमै सीमित, ओझेलमा मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले पहिलो भ्रमणका हिसाबले यसलाई सफल र सकारात्मक मानेका छन् भन...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
16h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
5h ago
विदेशी ऋण लिनु हुँदैन भन्ने रास्वपाको भ्रम तोडियो : शंकर पोखरेल

विदेशी ऋण लिनु हुँदैन भन्ने रास्वपाको भ्रम तोडियो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताएका छन्।

#भारत #भ्रमण #पोखरेल
Compare →
Ekantipur
9h ago
प्रधानमन्त्रीको भारत भ्रमण 'हिट' : अजयभद्र खनाल

प्रधानमन्त्रीको भारत भ्रमण 'हिट' : अजयभद्र खनाल

परराष्ट्र मामिला अनुसन्धाता अजयभद्र खनालले आठ समझदारी, हवाई रुट, पञ्चेश्वर आयोजना र आर्थिक सहयोगलाई प्रमुख उपलब्धि मानेका छन्।

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2621