Trending
Prev Story
Next Story

आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने नियन्त्रणमुखी कानुन खारेज र संशोधन गरिँदै छ - मन्त्री गौतम

Arthasansar •
November 24, 2026 • 07:07 AM
2
2 reads 0 reactions

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक स्वतन्त्रतामा बाधा पुर्‍याउने र लागत बढाउने अनावश्यक नियन्त्रणमुखी कानुन खारेज तथा संशोधन...

आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने नियन्त्रणमुखी कानुन खारेज र संशोधन गरिँदै छ - मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक स्वतन्त्रतामा बाधा पुर्‍याउने र लागत बढाउने अनावश्यक नियन्त्रणमुखी कानुन खारेज तथा संशोधन गरिने बताएकी छिन् । सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक’ माथिको छलफलमा उनले उच्चस्तरीय आर्थिक सुझाव आयोगको सुझावअनुसार असान्दर्भिक र दुरुपयोग हुन सक्ने कानुनी व्यवस्था हटाइने जानकारी दिइन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा समेत पुराना र असान्दर्भिक कानुन खारेज गर्ने विषय समेटिएकाले आवश्यक कानुन संशोधन र खारेज गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री गौतमको भनाइ थियो । मन्त्री गौतमका अनुसार प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, आय टिकट दस्तुर ऐन, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन र वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन खारेजका लागि पहिचान गरिएका छन् । त्यस्तै मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र भन्सार ऐनमा आवश्यक संशोधन गर्न लागिएको उनले जानकारी दिइन् । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन खारेज भएपछि विभागमा विचाराधीन अनुसन्धान तथा मुद्दा दायर हुन बाँकी उजुरीको जिम्मेवारीसमेत सम्बन्धित निकायमा हस्तान्तरण गर्ने व्यवस्था विधेयकमा गरिएको उनले बताइन् । उनका अनुसार आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा गैरकरसम्बन्धी उजुरी आन्तरिक राजस्व विभागमा र चोरी, निकासी तथा पैठारीसम्बन्धी उजुरी भन्सार विभागमा सर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै विदेशी विनिमयसम्बन्धी कसुरका उजुरी विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ११क बमोजिम तोकिएको अनुसन्धान अधिकारीमा हस्तान्तरण हुने व्यवस्था गरिएको मन्त्री गौतमले बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
18h ago
आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

काठमाण्डौ । सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने र व्यावसायिक गतिविधिको लागत...

#कानुन #खारेज #स्वतन्त्रता
Compare →
Nagarik News
1d ago
अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँ : कानुनमन्त्री गौतम

अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँ : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताएकी छिन्।

#कानुन #खारेज #गौतम
Compare →
Onlinekhabar
3d ago
आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक : अर्थमन्त्री

आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक : अर्थमन्त्री

८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ …

#कानुन #खारेज
Compare →
Hamro Patro News
1w ago
बालविवाह गरेका बालबालिकालाई नै कसूरदार ठहर गर्ने कानुनी व्यवस्था संशोधन गर्न सुझाव

बालविवाह गरेका बालबालिकालाई नै कसूरदार ठहर गर्ने कानुनी व्यवस्था संशोधन गर्न सुझाव

काठमाडौं । मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ । संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स...

#संशोधन #कानुन
Compare →
Ekantipur
1d ago
फेमिसाइड : नेपालको कानुनले नचिन्ने महिला हत्या

फेमिसाइड : नेपालको कानुनले नचिन्ने महिला हत्या

महिला भएकै कारण हुने हत्या । प्रायः श्रीमान्, प्रेमी वा परिवारका सदस्यबाट । संसारका धेरै मुलुकमा यस्ता हत्याको छुट्टै कानुनी पहिचान र तथ्यांक छ । नेपालमा अदालत पुगेका हरेक पाँच हत्यामध्ये एक ‘फेमिसाइड’ रहेको कान्तिपुरको खोजले देखाएको छ । तर न कानुनमा यसको छुट्टै नाम छ, न यस्तो हत्यालाई राज्यले गणना नै गर्छ ।

#कानुन
Compare →

Related Stories

Politics & Governance
Build #2621