Trending
Prev Story
Next Story

अर्थमन्त्री वाग्लेले भने - आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक छ

Arthasansar •
November 24, 2026 • 10:07 AM
2
2 reads 0 reactions

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना र असान्दर्भिक कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउन कानुनी सुधार आवश्यक रहेको बताएका छन्...

अर्थमन्त्री वाग्लेले भने - आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक  छ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना र असान्दर्भिक कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउन कानुनी सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,२०८३’ माथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ थपिएको अर्थमन्त्री वाग्लेको भनाइ छ । विभिन्न अध्ययन र प्रतिवेदनले औंल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिँदै उनले थप अध्ययनका लागि नयाँ आयोग गठन गर्नुभन्दा विगतमै प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्न  प्रक्रिया थालिएको बताए ।

अर्थमन्त्री वाग्लेले नियमन आवश्यक भए पनि अत्याधिक कानुनी व्यवस्थाले अर्थतन्त्रलाई बाधा पुर्‍याउनसक्ने बताए । एउटा ऐनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को ऐनले नियन्त्रण गर्न खोज्ने अवस्था सिर्जना हुँदा नीतिगत विरोधाभाष उत्पन्न हुने उनले बताए । पुराना ऐनहरू तत्कालीन समय र परिस्थितिअनुसार बनेका भएपनि अहिलेको आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्ने बताए । पुराना र असान्दर्भिक कानुन खारेज गरेर आवश्यक व्यवस्था आधुनिक ऐनहरूमा समेट्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमा नयाँ कानुन बनाउने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्ति छ । यसले अनावश्यक रूपमा कानुन थपिँदै जाँदा अर्थतन्त्र अति नियमनको अवस्थामा पुग्ने जोखिम हुन्छ । नियमन आवश्यक छ तर अत्यधिक र परस्पर विरोधी कानुनले आर्थिक गतिविधिलाई बाधा पुर्‍याउन सक्छ । त्यसैले समयसापेक्ष नरहेका पुराना ऐन खारेज गरी आधुनिक कानुनमा आवश्यक व्यवस्था समावेश गर्नु उपयुक्त हुन्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक : अर्थमन्त्री

आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक : अर्थमन्त्री

८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ …

#कानुन #खारेज #अर्थमन्त्री
Compare →
Bizshala
2h ago
अति नियमनले आर्थिक गतिविधि रोकियो – अर्थमन्त्री वाग्ले

अति नियमनले आर्थिक गतिविधि रोकियो – अर्थमन्त्री वाग्ले

काठमाण्डौ । सरकारले आर्थिक गतिविधिमा अवरोध सिर्जना गर्ने पुराना तथा असान्दर्भिक कानुन हटाउने प्रक्रिया अघि बढाएको...

#कानुन #अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
1d ago
भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा निर्धक्क भएर लगानी गर्नुहोस्’

भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा निर्धक्क भएर लगानी गर्नुहोस्’

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भ्रमणमा भारत पुगेक...

#अर्थमन्त्री #वाग्ले
Compare →
Nagarik News
3d ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#अर्थमन्त्री #वाग्ले
Compare →
Ekantipur
4d ago
पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर पुँजी निर्माणको भरपर्दो माध्यम बनाउछौं : अर्थमन्त्री वाग्ले

पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर पुँजी निर्माणको भरपर्दो माध्यम बनाउछौं : अर्थमन्त्री वाग्ले

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्ले बजारको संस्थागत विश्वसनीयता, पारदर्शीता, प्रभावकारिता नियमन र लगानीकर्ता संरक्षणमा सरकारको ध्यान केन्द्रित भएको समेत बताए ।

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Politics & Governance
Build #2621