Trending
Prev Story
Next Story

अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँ : कानुनमन्त्री गौतम

Nagarik News •
November 23, 2026 • 08:17 AM
12
12 reads 0 reactions

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताएकी छिन्।

अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँ : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताएकी छिन्।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदले राखेका जिज्ञासाको जवाफमा उनले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने कानुनहरुलाई खारेज तथा संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताइन्।

मन्त्री गौतमले व्यवसायको लागत बढाउने, कार्यान्वयनमा गलत प्रयोग हुन सक्ने तथा अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा  असान्दर्भिक देखिएका कानुनको खारेजी तथा संशोधन अघि बढाइएको स्पष्ट पारिन्।

‘उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन, आर्थिक सुधारको मार्गचित्र, २०८१ ले दिएका सुझावका आधारमा  नै अनावश्यक र असान्दर्भिक भएका ऐनहरुलाई खारेज गर्न लागिएको हो’, उनले भनिन्, ‘सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा यस्ता ऐन, असान्दर्भिक पुराना कानुनलाई खारेज गर्ने उल्लेख गरेको थियो। सोही बमोजिम नै त्यस्ता ऐनहरुको खारेज तथा अनावश्यक दफा संशोधन गर्न खोजिएको हो।’

मन्त्री गौतमले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ मार्फत पुराना झण्डै आधा दर्जन ऐनलाई संशोधन तथा परिमार्जन गर्न लागेको बताइन्।

प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन २०१३, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन २०५५ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७०लाई खारेज गर्ने भनिएको स्मरण गराइन्।

मन्त्री गौतमले ती ऐन खारेजसँगै प्रस्तावित विधेयकबाट मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ गरी तीनवटा ऐन संशोधन गर्न प्रस्ताव गरिएको पनि बताइन्।

‘नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अप्ठ्यारा कहाँ छ भन्ने कुरा फुकाउँदै जाने क्रममा पहिचान गरिएका र खारेज गर्नुपर्ने विषयवस्तु सरकारले पहिचान गरी प्रस्ताव गरेको हो’, उनले भनिन्, ‘यसमा केही थप विषयवस्तु रहेछ भन्ने छलफल गर्न लागि  खुल्ला छौँ।’

बैठकमा सदस्यले सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभापति डा कृष्णहरि बुढाथोकीले १० मिनेट बैठक स्थगित गरेका थिए।

प्रकाशित: ७ मंसिर २०८३ १४:०२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3h ago
आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने नियन्त्रणमुखी कानुन खारेज र संशोधन गरिँदै छ - मन्त्री गौतम

आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने नियन्त्रणमुखी कानुन खारेज र संशोधन गरिँदै छ - मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक स्वतन्त्रतामा बाधा पुर्‍याउने र लागत बढाउने अनावश्यक नियन्त्रणमुखी कानुन खारेज तथा संशोधन...

#कानुन #गौतम #खारेज
Compare →
Bizshala
18h ago
आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

काठमाण्डौ । सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने र व्यावसायिक गतिविधिको लागत...

#कानुन #खारेज
Compare →
Onlinekhabar
3d ago
फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

४ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका …

#कानुन #गौतम
Compare →
Ekantipur
3d ago
पहिले पैसा कमाऊ अनि सुविधा लिऊ भन्ने सरकारी सोच देखिन्छ : सीईओ प्रकृति गौतम

पहिले पैसा कमाऊ अनि सुविधा लिऊ भन्ने सरकारी सोच देखिन्छ : सीईओ प्रकृति गौतम

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा बोल्दै गौतमले हरेक वर्ष बजेटमार्फत नीति परिवर्तन हुँदा दीर्घकालीन योजना बनाएर लगानी गर्ने वातावरण नभएको बताइन् ।

#गौतम
Compare →
Hamro Patro News
6d ago
मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेको छ । मुक्कुमलुङ ...

#खारेज
Compare →

Related Stories

Politics & Governance
Build #2621