Trending
Prev Story
Next Story

फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

Onlinekhabar •
November 20, 2026 • 10:30 AM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका …

फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

४ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका छन् ।

मन्त्री गौतमले फ्रान्समा पछिल्ला दिनमा भएका प्रदर्शनका घटनाबारे चिन्ता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालमा भएको प्राकृतिक विपद्को घटनाप्रति समवेदना व्यक्त गरे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय संसदसँग सम्पर्क गर्ने मन्त्रालय भएकाले भेटमा नेपाल र फ्रान्सका संसदीय प्रक्रिया र अभ्यासबारे अनुभव आदानप्रदान भएको सचिवालयले जनाएको छ ।

त्यस क्रममा कानुन निर्माणमा सांसदहरूले गर्ने प्रविधिको प्रयोग र विधेयक स्वीकृतिका लागि संसदमा अपनाइने कार्यविधिबारे दुवै पक्षबीच छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको पनि प्रशंसा गरेको छ ।

भेटमा दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आपसी समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त भएको बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

४ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्...

#संसदीय #फ्रान्स #भेट
Compare →
Ekantipur
3d ago
सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

विपिन आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा वाङ सियाओहुईले विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, कृषि र पर्यटनमा सहकार्य विस्तार गर्ने प्रस्ताव राखे ।

#भेट #प्रतिनिधिमण्डल
Compare →
Nagarik News
2d ago
संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको छ : मन्त्री गौतम

संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको छ : मन्त्री गौतम

सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ।

#कानुन #गौतम
Compare →

Related Stories

Politics & Governance
Build #2612