Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

Ekantipur •
November 20, 2026 • 01:02 PM
3
3 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार तीन घण्टा छलफल भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे दुवै नेताबीच एक्ला-एक्लै छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार तीन घण्टा छलफल भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे दुवै नेताबीच एक्ला-एक्लै छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाह र लामिछानेबीच तीन घण्टा छलफल भएको थियो । 'प्रधानमन्त्री र पार्टी सभापतिबीच शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म छलफल भएको छ । भारत भ्रमणका सम्बन्धमा विस्तृत छलफल भएको हो,' प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले कान्तिपुरसँग भने ।

प्रधानमन्त्रीसँग छलफल गर्न सभापति लामिछाने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका थिए । भेटमा प्रधानमन्त्री शाह र सभापति लामिछाने मात्रै थिए ।

प्रधानमन्त्री शाह आइतबार भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत जान लागेका प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ।

#शाह #भारत
Compare →
Arthasansar
8h ago
मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री...

#भारत #भ्रमणबारे
Compare →
Nagarik News
10h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आज परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दै

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आज परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ गर्ने भएको छ।

#भारत #शाह #भ्रमणबारे
Compare →
Onlinekhabar
12h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयमा आज प्रेस ब्रिफिङ

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयमा आज प्रेस ब्रिफिङ

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दैछ । प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन …

#भारत #भ्रमणबारे
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612