Trending
Prev Story
Next Story

पहिले पैसा कमाऊ अनि सुविधा लिऊ भन्ने सरकारी सोच देखिन्छ : सीईओ प्रकृति गौतम

Ekantipur •
November 20, 2026 • 01:32 PM
3
3 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा बोल्दै गौतमले हरेक वर्ष बजेटमार्फत नीति परिवर्तन हुँदा दीर्घकालीन योजना बनाएर लगानी गर्ने वातावरण नभएको बताइन् ।

पहिले पैसा कमाऊ अनि सुविधा लिऊ भन्ने सरकारी सोच देखिन्छ : सीईओ प्रकृति गौतम

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा बोल्दै गौतमले हरेक वर्ष बजेटमार्फत नीति परिवर्तन हुँदा दीर्घकालीन योजना बनाएर लगानी गर्ने वातावरण नभएको बताइन् ।

सरकारले युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति लिए पनि त्यसको निरन्तरता र कार्यान्वयनमा समस्या रहेको खेतीपाती अर्गानिककी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकृति गौतमले प्रकृति गौतमले बताएकी छन् ।

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा बोल्दै गौतमले हरेक वर्ष बजेटमार्फत नीति परिवर्तन हुँदा दीर्घकालीन योजना बनाएर लगानी गर्ने वातावरण नभएको बताइन् ।

‘सरकारले उद्योगलाई ५ प्रतिशत छुट दिएको छ । दीर्घकालीन लगानी हो, एक वर्ष दिइएको कर छुट अर्को वर्ष हटाइन्छ र कुनै सूचना हुँदैन । एउटा सरकारले तोकेको कर अर्को सरकारले जरिवाना तोक्छ । अर्कोमा जाने कि नजाने द्विविधा हुन्छ,’ गौतमले भनिन् ।

युवा उद्यमीलाई सुरुमा बैंकबाट ऋण पाउन सहज नभएको र सुरुमा तीनवटा बैंकले विश्वास नगरेको उनले अनुभव सुनाइन् । सरकारले सफल भइसकेका उद्योगलाई कर छुट र अन्य सुविधा दिने गरे पनि उद्यमलाई सफल बनाउन सहयोग नपुगेको उनको गुनासो छ ।

‘पहिले पैसा कमाऊ अनि सुविधा लेऊ भन्ने सरकारी सोच देखिन्छ । कर छुट पाउन त पैसा कमाउनुपर्‍यो अनि म छुट लिन्छु,’ गौतमले भनिन् ।

उद्यमीलाई प्रोत्साहन गर्ने मात्र नभई सरकारले आफ्नो नीति र निर्णयमा स्थिरता कायम गर्नुपर्ने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3h ago
फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

४ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका …

#गौतम
Compare →
Hamro Patro News
1w ago
सडकपेटीको टोकरीबाट ‘गौतम नर्सरी’ सम्मको संघर्ष

सडकपेटीको टोकरीबाट ‘गौतम नर्सरी’ सम्मको संघर्ष

हेटौँडा । हेटौँडाको राप्ती रोडमा २०४५ सालतिर एक जना किशोर सडकपेटीमा तरकारीका साना बिरुवा बोकेर बस्थे। विद्यालय छुट्नेबित्तिकै माटो, बिरुवा र ग्राहकसँगको पाठशालामा रमाउने ती हुन् हरिशरण गौतम। रातको...

#गौतम
Compare →
Nagarik News
4d ago
सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच छैन: योगेश भट्टराई

सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच छैन: योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच नै पार्टीको नभएको बताएका छन्।

#भन्ने #सोच
Compare →

Related Stories

Business & Economy
Build #2612