Trending
Prev Story
Next Story

सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच छैन: योगेश भट्टराई

Nagarik News •
November 16, 2026 • 12:51 PM
3
3 reads 0 reactions

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच नै पार्टीको नभएको बताएका छन्।

सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच छैन: योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकार बदल्ने वा सरकारमा जाने सोच पार्टीको नभएको बताएका छन्। पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदीय बाटोबाट सरकार बदलिने सम्भावना नरहेको बताएका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, उहाँहरूसँग प्रचण्ड बहुमत छ,’ भट्टराईले भने, ‘अब उहाँहरूकै पार्टीभित्र आन्तरिक द्वन्द्व सिर्जना भयो, उहाँहरूले नै विकल्प खोज्नुभयो भने त्यो उहाँहरूको मामला हो। त्यसमा हामी साईँसाईँ सुइँसुइँ गर्ने कुरा भएन।’

उनले सरकारका कामकारबाहीका कारण जनतामा आक्रोश क्रमशः बढ्दै गइरहेको उल्लेख गरे।

‘यदि सरकारले गलत क्रियाकलाप अगाडि बढाउँदै गयो। जनस्तरबाट प्रतिवाद हुँदै गयो भने कहिलेकाहीँ सडकबाट पनि सरकारहरू बदलिएका छन्, जसरी यो सरकार आउने वातावरण बन्यो,’ उनले भने, ‘तर त्यो दुर्भाग्यपूर्ण बाटो हो, एमाले त्यो बाटो हिँड्दैन। त्यसकारणले अहिले हामी सरकार बदल्ने, सरकारमा जाने भन्ने त्यो सोचै छैन। सरकारतिर हाम्रो आँखा नै छैन, सरकार बदल्ने हाम्रो एजेन्डै होइन।’

भट्टराईले आगामी राष्ट्रिय भेला स्थानीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आयोजना गर्न लागिएको बताए। भेलाले जनविरोधी काम गर्ने सरकारलाई दबाब दिने काम गर्ने उनको भनाइ छ।

‘गएको सात-आठ महिनामा थुप्रै आलोचनात्मक अवस्था पनि सरकारको सिर्जना भइसकेको छ,’ उनले थपे, ‘त्यसमा पार्टीले एउटा धारणा बनाउँछ। सरकारले गरेका गलत कामका विरुद्ध एउटा दबाब सिर्जना गर्ने काम हामी गर्छौं।’

प्रकाशित: ३० कार्तिक २०८३ १८:३६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

२९ कात्तिक, सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै …

#जाने
Compare →
Ekantipur
1d ago
रारा जाने क्रममा जिप दुर्घटना, पाँच घाइते, तीन गम्भीर

रारा जाने क्रममा जिप दुर्घटना, पाँच घाइते, तीन गम्भीर

रारा जाने क्रममा बा १७ च १२६४ नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खसेको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

#जाने
Compare →
Hamro Patro News
2d ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँ...

#जाने
Compare →

Related Stories

Politics & Governance
Build #2612