Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

Nagarik News •
November 23, 2026 • 08:26 AM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत आयोजनाको शिलान्यास गरेका हुन्।

नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ।

आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ६७ करोड रहेको छ। निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नेपाल र भारतबीच ऊर्जा सहकार्य विस्तार तथा नेपालको जलविद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले अघि बढाइएको आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ।

आयोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । आयोजनाको २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ।

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत विकास भइरहेको हो।

नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता सम्पन्न भएको थियो।

आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ। अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याई थप विद्युत् उत्पादन गर्ने योजना छ।

आयोजना निर्माणका लागि जग्गा अधिग्रहण तथा प्रभावित परिवारलाई मुआब्जा वितरणको काम अघि बढाइएको छ।

आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ परिवार रहेकामा हालसम्म २५३ परिवारलाई करिब रु ९९ करोड ९८ लाख मुआब्जा वितरण गरिएको आयोजना विकास कम्पनीले जनाएको छ।

आयोजनाबाट नेपालले निःशुल्क ऊर्जा, रोयल्टी, कर तथा अन्य आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। निर्माणका क्रममा रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १४:११ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्नुहुने भएको छ । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी)...

#जलविद्युत् #आयोजना #शिलान्यास
Compare →
Ekantipur
49m ago
नेपाल-भारतका प्रधानमन्त्रीबाट तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास

नेपाल-भारतका प्रधानमन्त्रीबाट तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसबाट भर्चुअल शिलान्यास गरेसँगै अब ६६९ मेगावाटको तल्लो अरुण निर्माणको चरणमा अघि बढेको छ ।

#जलविद्युत् #शिलान्यास #तल्लो
Compare →
Arthasansar
1h ago
प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक...

#बालेन-शाह #मोदी
Compare →
Bizshala
1h ago
बालेन–मोदी वार्तापछि महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै, दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने

बालेन–मोदी वार्तापछि महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै, दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको उच्चस्तरीय भेटवार्तापछि नेपाल र...

#बालेन-शाह #मोदी
Compare →

Related Stories

Politics & Governance
Build #2612