काठमाडौं । मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ । संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स्पष्ट बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्विलिटी नाउले मंगलबार सञ्चारकर्मीसँग संयुक्त रूपमा आयोजना गरेको अन्तर्क्रियामा यस्तो सुझाव प्रस्तुत गरिएको हो । कार्यक्रममा संविधानको मर्मअनुसार मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐन, २०७५ बीच एकरूपता कायम गर्नुपर्ने विषय उठाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )