Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहलाई एमाले नेताको सुझाव : भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउनु होला

Nagarik News •
November 17, 2026 • 01:36 AM
3
3 reads 0 reactions

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालका राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहलाई एमाले नेताको सुझाव : भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउनु होला

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालका राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

उनले प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको मित्रता प्रगाढ बनाउने वा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेजस्ता अमूर्त उद्देश्यका लागि मात्र आवश्यक नभएको बताउँदै यस्तो सुझाव दिएका हुन्।

रिजालले नेपाल र भारतबीच लामो समयदेखि थाँती रहेका विभिन्न मुद्दाको समाधानबाटै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने उल्लेख गरेका छन्। सबै विषय एकैपटक समाधान नहुने भए पनि नेपालले आफ्ना राष्ट्रिय हितका विषय वार्तामा उठाउन छाड्दा ती मुद्दा नै त्यागेको अर्थ लाग्न सक्ने उनको भनाइ छ।

उनले प्रधानमन्त्रीले विदेश भ्रमणमा जाँदा संसद्मा प्रतिनिधित्व गर्ने दल, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूको सुझाव लिनुपर्ने पनि सुझाव दिए।

प्रधानमन्त्रीले देशको प्रतिनिधित्व गर्ने भएकाले सबै दलको शुभेच्छा र सल्लाह लिएर भ्रमणमा जाँदा सरकार कमजोर नभई थप बलियो हुने रिजालको तर्क छ।

उनले प्रधानमन्त्री शाहमा सामान्य लोकतान्त्रिक चरित्र, सामूहिक भावना र संस्थागत कार्यशैलीको अभाव रहेको टिप्पणीसमेत गरेका छन्।

एउटा राजनीतिक दलको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदासमेत के गर्ने र के नगर्ने भनेर सल्लाह तथा निर्देशन दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले देशका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भने राजनीतिक दल, पूर्वप्रधानमन्त्री र विज्ञहरूको सुझाव आवश्यक नठानिएको भन्दै प्रश्न उठाएका छन्।

रिजालले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् र राष्ट्रिय हितका पक्षमा उपयोगी बनोस् भन्दै शुभकामनासमेत दिएका छन्।

प्रकाशित: १ मंसिर २०८३ ०७:२१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
56m ago
भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्दालाई सम्बोधन गर्न आग्रह

#सुझाव #भारत #भ्रमण
Compare →
Hamro Patro News
10h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनको हुने

प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनको हुने

काठमाडौं: प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण दुई दिनको हुने भएको छ। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्था...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
16h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
17h ago
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्। नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति …

#भारत #भ्रमण #उठाउनु
Compare →

Related Stories

Politics & Governance
Build #2612