Trending
Prev Story
Next Story

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एक महिने महायज्ञ सुरु हुँदै

Nagarik News •
November 17, 2026 • 01:12 AM
7
7 reads 0 reactions

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ।

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एक महिने महायज्ञ सुरु हुँदै

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए।

'देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ। उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ', प्रवक्ता प्रपन्नाचार्य भने। उनका अनुसार रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो।

रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ। महायज्ञको पहिलो दिन बिहान ८:०० बजे गौशालामा सामूहिक गौपूजा, ९:०० बजे गण्डकी पूजन र १०:०० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए।

कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ। त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ। बिहान ११:३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको उनले बताए।

मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिने बताए। 'प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो', उनले भने।

उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गरे।

प्रकाशित: १ मंसिर २०८३ ०६:५७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
17h ago
मुक्तिनाथ म्युचुअल फण्ड–२ को साढे १२ करोड इकाइ सूचीकृत

मुक्तिनाथ म्युचुअल फण्ड–२ को साढे १२ करोड इकाइ सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ म्युचुअल फण्ड–२ का १२ करोड ५० लाख इकाइ सूचीकृत भएको छ ।&n...

#मुक्तिनाथ
Compare →
Arthasansar
18h ago
मुक्तिनाथ म्युचुअल फण्ड २ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

मुक्तिनाथ म्युचुअल फण्ड २ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ का सेयर सूचीकृत भएको छ । आज मङ्सिर १ गते...

#मुक्तिनाथ
Compare →
Hamro Patro News
1d ago
कालिमाटीको विष्णुमतीमा ९० वर्षदेखि छठ, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न

कालिमाटीको विष्णुमतीमा ९० वर्षदेखि छठ, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न

काठमाडौंको कालिमाटीस्थित विष्णुमती नदी किनारमा करिब ९० वर्षदेखि मनाइँदै आएको छठ पर्व यस वर्ष पनि धार्मिक आस्था र उल्लासका साथ सम्पन्न भएको छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्...

#सम्पन्न
Compare →
Ekantipur
2d ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

छठघाटमा व्रतालुहरूले दर्शन गर्न पुगेका विवाहित महिलालाई नाकदेखि सिउँदोसम्म सौभाग्यको टीका लगाइदिएका थिए। यसो गर्दा पति र सन्तानको दीर्घायु हुने धार्मिक विश्वास छ।

#सम्पन्न
Compare →
Onlinekhabar
2d ago
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न

२९ कात्तिक, महोत्तरी । लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ । मधेशका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि …

#सम्पन्न
Compare →

Related Stories

World News
Build #2612