Trending
Prev Story
Next Story

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न

Onlinekhabar •
November 15, 2026 • 12:31 PM
2
2 reads 0 reactions

२९ कात्तिक, महोत्तरी । लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ । मधेशका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि …

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न

२९ कात्तिक, महोत्तरी । लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ ।

मधेशका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो ।

नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आज साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ ५ः१० बजेको समयमा सूर्यास्त भएको छ ।

सूर्यास्तको बेला पारेर सूर्यदेव र छठीदेवीको महिमा गान गरिएका मङ्गलगानका बीच पहिलो अर्घ्यको विधि सम्पन्न भएको हो ।

मिथिलामा चाडपर्वबारे निर्णय लिइने मिथिला र विद्यापति पञ्चाङ्गअनुसार अर्घ्यको समय निर्धारण गरिन्छ । आजको ‘सझिया अरख’ को समय यसैअनुसार निर्धारण भएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित दिनेशकुमार झाले बताए ।

कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान सूर्य र देवी षष्ठीको उपासना गरिने यो पर्वमा व्रतालुले पहिलो अर्घ्य अस्ताचलगामी (अस्ताउँदो) सूर्यलाई दिने परम्परा छ ।

अर्घ्य दिन एक घडीपूर्वदेखि जलाशयमा कम्मरसम्मको पानीमा उभिएर प्रार्थना गर्दै व्रतालुले सूर्यास्त कुरेका थिए । जटासहितको नरिवल, अविर र अरबा चामलको पिठो हातमा लिएर सूर्यदर्शन गर्दै अर्घ्य दिइन्छ ।

व्रतालुले यससँगै क्रमशः छठका लागि बनाएका ठकुवा, भुसुवासहित मिष्टान्नका डाली, केरा र अन्य फलफूल सूर्यलाई देखाउँछन् ।

कार्तिक शुक्ल चौथीका दिन सुरु भएको छठ उत्सवमा यसअघि व्रतालुले पहिलो दिन चौथी तिथिमा ‘नहाय–खाय’ र दोस्रो दिन पञ्चमी तिथिमा ‘खरना’ सम्पन्न गरिसकेका छन् ।

खरनाका दिन मध्यरातपूर्व सख्खर, दूध र अरबा चामलको खिर खाएर व्रत प्रारम्भ गरेका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । मिथिलामा यस दिनलाई ‘सझियाघाट’ पनि भनिन्छ ।

अब व्रतालुले भोलि सप्तमी तिथिका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गर्नेछन् । मिथिलामा भोलि सोमबार बिहान ६ः२६ बजे सूर्योदय हुने पञ्चाङ्गमा उल्लेख छ । सूर्योदयको यो समयमा पनि व्रतालु एक घडी (साढे दुई घण्टा) पहिले पानीमा पसेर सूर्यलाई चाँडै देखिन प्रार्थना गर्छन् । बिहानको अर्घ्यसँगै महापर्व छठ सम्पन्न हुन्छ ।

बिहानको अर्घ्य दिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन रहेको पण्डित झाले जानकारी दिए । उनका अनुसार पर्व सम्पन्न भएसँगै व्रतालु घर फर्केर आशामुखी, दीनदुखीलाई दान दिएर प्रसाद ग्रहण गर्छन् । त्यसपछि प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ ।

मिथिलामा छठ प्रसाद महिना दिनभरिसम्म छोरीचेली, मित र अन्य इष्टमित्र कहाँ पुर्‍याउने चलन छ । सूर्यदेव र षष्ठीदेवी मिथिलामा इच्छित कामना पूरा गर्ने इष्टदेव÷देवी मानिन्छन् ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
11h ago
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।

#अर्घ्य #सूर्य #अस्ताउँदो
Compare →
Hamro Patro News
1h ago
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती

जनकपुर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिए...

#अर्घ्य #सूर्य #अस्ताउँदो
Compare →
Nagarik News
6h ago
छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ।

#अर्घ्य #सूर्य #अस्ताउँदो
Compare →
Bizshala
11h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#अर्घ्य #सूर्य #अस्ताउँदो
Compare →

Related Stories

World News
Build #2612