Trending
Prev Story
Next Story

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

Ekantipur •
November 15, 2026 • 01:32 AM
3
3 reads 0 reactions

लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।

पर्सा — तराई–मधेशमा आइतबार महान् लोकआस्थाको पर्व छठ मनाइँदै छ । व्रतालुहरूले आज साँझ ‘सझिया घाट’ मा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्नेछन् । शनिबार ‘खरना’ विधिअन्तर्गत दूध र गुड हालेर पकाइएको खीर ९रस्याउ० तथा रोटी खाएका व्रतालुहरू आज दिनभर निर्जल निराहार व्रत बसिरहेका छन् ।

साँझ व्रतालु र उनीहरूका परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका छठ घाट पुग्नेछन् । नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजासामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्‍याउनेछन् । प्रायः परिवारका पुरुष सदस्यले यो जिम्मेवारी निर्वाह गर्छन् ।

छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौं घाटमै बसेर पूजाअर्चना गर्नेछन् । केही व्रतालु राति घर फर्केर आँगनमा ‘कोशी भर्ने’ विधि पनि गर्नेछन् । माटोको हात्ती राखेर पूजा गरिने यो विधिले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । कोशी भर्ने क्रममा परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिस पनि सहभागी भएर पूजाअर्चना गर्छन् । घाटमै रात बिताउने व्रतालुहरू भने भजनकीर्तन गर्दै जाग्राम बस्नेछन् ।

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर मात्रै व्रतालुहरूले व्रत तोड्नेछन् । छठका लागि घरघरमा ठेकुवालगायत प्रसाद बनाउने क्रम पनि जारी छ ।

छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाट बेहुलीझैं सिँगारिएका छन् । जिल्लाका ग्रामीण भेगका अधिकांश गाउँमा पनि छठ घाट तयार पारिएका छन् ।

सभामुख अर्याल र कांग्रेस सभापति थापा वीरगन्ज आउँदै

यसैबीच प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र नेपाली कांग्रेसका सभापति गगन थापा आइतबार वीरगन्जस्थित घडिअर्वा पोखरीको छठ घाट पुग्ने कार्यक्रम रहेको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ । उनीहरूको आगमनलाई लक्षित गर्दै सुरक्षा निकायले वीरगन्ज, घडिअर्वा पोखरी परिसर तथा आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
41m ago
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन...

#अस्ताउँदो #सूर्य #अर्घ्य
Compare →
Bizshala
1h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#अस्ताउँदो #सूर्य #अर्घ्य
Compare →
Onlinekhabar
1h ago
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक …

#अस्ताउँदो #सूर्य #अर्घ्य
Compare →
Nagarik News
1h ago
आज छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, यस्तो छ व्रतविधि

आज छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, यस्तो छ व्रतविधि

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।

#अस्ताउँदो #सूर्य #अर्घ्य
Compare →

Related Stories

World News
Build #2612