Trending
Prev Story
Next Story

छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा

Ekantipur •
November 15, 2026 • 01:32 AM
9
9 reads 0 reactions

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै कांग्रेस सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताका कारण यस पर्वको विशेष महत्त्व रहेको बताएका हुन् ।

छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै कांग्रेस सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताका कारण यस पर्वको विशेष महत्त्व रहेको बताएका हुन् ।

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक एकताको सन्देश दिने बताएका छन् ।

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताका कारण यस पर्वको विशेष महत्त्व रहेको बताएका हुन् ।

छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै थापाले ऋग्वेदमा उषा देवीको स्तुति गरिएको बताएका छन् । वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव छठ पर्वमा पनि प्रतिबिम्बित हुने उनको भनाइ छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनले बताएका छन् ।

‘यस पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस्,’ थापाले शुभकामना सन्देशमा भनेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा

छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा

छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै कांग्रेस सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताक...

#प्रकृतिप्रतिको #कृतज्ञता #थापा
Compare →
Nagarik News
1d ago
छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक : मुख्यमन्त्री कार्की

छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक : मुख्यमन्त्री कार्की

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै कार्कीले छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक भएको बताएका हुन् ।

#पर्व #प्रकृतिप्रतिको #सम्मान
Compare →
Onlinekhabar
15h ago
भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

२९ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । आइतबार छठ पर्वका अवसरमा शुभकामना …

#पर्व #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2612